अन्तिम मिनेटमा गोल खाँदै श्रीलङ्कासँग नेपाल पराजित
काठमाडौँ- एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गतको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित भएको छ ।
भारतको त्रिवेन्द्रममा भर्खरै सम्पन्न समूह ए को पहिलो खेलमा श्रीलङ्काका मोहम्मद रिफ्नासले खेल सकिन लाग्दा गोल गरेपछि नेपाल पराजित भएको हो । उनले खेलको अतिरिक्त समयअर्थात् ९५ औँ मिनेटमा नेपाली रक्षापङ्तिको फाइदा उठाउँदै गोल गरेका थिए । आज पराजित भएबाट नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । अब नेपालले सोही समूहमा रहेको प्रतियोगिताको दाबेदारमध्येको एक टोली आयोजक भारतलाई पराजित गर्नुपर्ने हुन्छ या त बराबरी खेल्दै सेमिफाइनलमा पुग्न भारत र श्रीलङ्काबीचको नतिजा कुर्नुपर्ने हुन्छ । आजको जितले श्रीलङ्काको सेमिफाइनल यात्रा लगभग पक्का भएको छ ।
आज सुरुवातदेखि नै आक्रामक खेल खेलेको नेपालले पहिलो हाफ पूरै आफ्नो नियन्त्रणमा लियो तर गोल गर्न भने सकेन । खेलको ९औँ मिनेटमा पाएको अवसरलाई अन्जन विष्टले सदुपयोग गर्न सकेनन् भने त्यसको तीन मिनेटपछि कप्तान अनिल गुरुङको हेड प्रहार सफल हुन सकेन ।
दोस्रो हाफमा पनि एक पछि एक आक्रामण खेल खेलेको नेपाल पुनः गोल गर्नबाट चुक्यो । मध्यान्तरपछि जगजित श्रेष्ठ र नवगुग श्रेष्ठको प्रवेशले आक्रमण तीव्र बनेको थियो । तर पूरै समय रक्षात्मक खेलेको श्रीलङ्काले काउण्टर एट्याकमा अन्तिम समयमा गोल गर्दै नेपाललाई निराश बनायो ।
साफ च्याम्पियनसीपमा नेपाल अझै पहिलो उपाधिको खोजीमा छ । हालसम्म नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । साफ खेल्ने आठ राष्ट्रमध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् जसमा भारत छ पटक तथा अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले एक÷एक पटक जित्नेमा छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण