मधेशी मोर्चालाई भारतीय राजदूतको सुझाव, ‘अब धेरै जिद्दी नगरौं’
काठमाडौ - नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल सरकारको मन्त्रीपरिषद्ले मधेश आन्दोलनलाई सम्बोधन गर्दै गरेको तीन बुँदे निर्णयमा छलफल गर्नुपर्ने सुझाव दिएका छन् । पूर्व राजदूत, नागरिक समाज तथा बुद्धिजिवीहरुसँगको बुधबार दूतावासमा भएको दिवा भोजमा राजदूत रायले सो सुझाव दिएका हुन् । सरकारको पछिल्लो निर्णय स्वागतयोग्य रहेको त्यसलाई क्रमिक सुधार गर्दै लैजानुपर्ने सुझाव दिएको भोजमा सहभागि एक मधेसी बुद्धिजिवीले बताए । राजदूत रायले मधेशवादी दलले गरिरहेको आन्दोलनसँग जोडेर भारतलाई बदनाम गराउने काम भइरहेको भन्दै बुद्धिजिवी समक्ष दुःख समेत व्यक्त गरेका थिए । ‘यो नाकाबन्दी भारतले गराएको हो भन्नु गलत कुरा हो यसले कुटनीतिक अवस्थामा असर गर्न सक्छ,’ राजदूतको भनाई उद्धृत गर्दै भोजमा सहभागीले भने, ‘बरु यस्तो गलत आरोप लगाउनु भन्दा त समस्याको समधान तिर जाँदा राम्रो ।’ मधेशवादी दलले पनि जिद्दी लिएर बस्नु नहुने, वार्ता र छलफललाई अगाडि बढाउँदै जाने र कमी कमजोरीलाई क्रमिक सुधार गर्दै जानुपर्नेमा उनको जोड थियो । उनले पटक पटक यो आन्दोलनमा भारतलाई नजोड्न आग्रह गरेका थिए । ‘भारत नाकाबन्दी गरेको होइन, भारतले समस्याका समधान चाहेको छ, नेपालको असल मित्र हो र असल मित्र भएर बस्न चाहन्छ, सधै भलाई चाहेका थिए अहिले पनि भलाई नै चाहन्छ’ भन्दै राजदूतले देशमा देखिएको समस्या चाँडो समधान हुनुपर्ने कुरामा जोड दिएक थिए । बुद्धिजिवीहरुले पनि नेपालको समस्या समाधान गर्नमा वर्तमान सरकार चुकेको आरोप लगाएका थिए । यो समस्यालाई सरकारले जुन रुपले ह्याण्डल गर्नुपर्ने त्यो किसिमले गर्न नसकेको धारणा बुद्धिजिवी तथा पूर्व राजदूतहरुको थियो । मधेश नागरिक समाजका अध्यक्ष डा.डम्बर नारायण यादवले त यो सरकार अब फेल भइसकेको र यसलाई राख्नुको कुनै अर्थ नरहने भएकाले यो सरकार हट्नु नै अर्को विकल्प रहेको धारणा राखेका थिए । स्रोतका अुनसार उनले मधेशवादी दलको मुख्य माग भनेको सीमंकन रहेको तर सरकार त्यसमा नै स्पष्ट भएर आएका छैन अनि कसरी समस्या समधान हुने भनि धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण