आन्दोलनकारी र तस्करबीच झडप
बिहीबार, ०९ पुस २०७२, ०८ : १७
वीरगन्ज – वीरगन्ज–रक्सौलको मितेरी पुलमा गएराति आन्दोलनकारी र तस्करहरुबीच झडप भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनका कार्यकर्ताहरु धर्ना दिएर नाका ठप्प पारेको वीरगन्ज–रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा गएराति आन्दोलनकारी र तस्करहरुबीच झडप भएको हो ।
करिब सय जनाको संख्यामा आएका तस्करहरुले भारतको रक्सौलबाट तस्करी गरी ल्याएको सामान मितेरी पुलबाट ल्याउन खोज्दा आन्दोलनकारी र तस्करबीच झडप हुन पुगेको हो ।
तस्करहरुले आन्दोलनकारीले नाका अवरुद्ध पार्न राखेको बाँसको ढाट हटाएर तस्करीको सामान वीरगंज तर्फ ल्याउने क्रममा झडप भएको थियो । झडपका कारण मितेरी पुलको अवस्था गएराति साढे ११ बजेसम्म तनावग्रस्त रहेको नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेलले बताए ।
तस्करहरुले रक्सौलबाट टाँगा , ठेला र रिक्सामा ल्याएको तस्करीको कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न खोज्दा पछि तस्करहरु लठ्ठी,भाटा बोकेर कुट्न आएको पटेलले बताए । धर्नामा १५÷२० जना मात्र आन्दोलनकारी बसेका बेला झन्डै सय जनाको संख्यामा आएका तस्करहरुले आक्रमण गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको उनले बताए ।
पछि आन्दोलनकारीलाई सघाउन थप आन्दोलनकारी आएपछि तस्करहरु भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण