मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

थरुहटद्धारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

बिहीबार, ०९ पुस २०७२, ०९ : ०१
बिहीबार, ०९ पुस २०७२

कैलाली - चार महिनादेखि आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले आफ्ना थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । थरुहटले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । आगामी माघ महिनामा थरुहट÷थारुवानको राष्ट्रिय सम्मेलन टीकापुरमा गर्ने, आदीबासी थारु समुदायको महान पर्व माघीलाई आन्दोलनको रुपमा देशव्यापी मनाउने थप संघर्षको कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, टीकापुर घटनामा संग्लग्न भनी झुटा मुद्दा चलाएका थारुहटका कार्यकर्तालाई निशर्त रिहाई गर्नुपर्ने माग पनि समितले राखेको छ । कैलाली–कंचनपुरलाई थारुहट प्रदेश सुनिश्चित गर्नु पर्ने र सरकारले गरिरहेको जनताको संविधान जनताको माझ भन्ने कार्यक्रमलाई प्रतिरोध गर्दै असहयोग गर्ने कार्यक्रम तय गरिएको थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय सचिव मीनराज चौधरीले जानकारी दिए । आन्दोलन राजमार्ग केन्द्रित गर्दै आमहडताललाई सशक्त बनाउने, पुुस १४ गते बर्दियाको गुलरियामा स्ंवयंसेवक घोषणा तथा जनप्रदर्शन गर्ने, समितिका सबै नेताहरुलाई पुस १५ गतेबाट उपत्यका छाडेर आन्दोलनको नेतृत्व गर्न बोलाउने, कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने लगायतका १२ बुंदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप