मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिमाथिको दुव्र्यबहारप्रति कांग्रेस विदेश विभागको आपत्ति

बिहीबार, ०९ पुस २०७२, ०९ : १२
बिहीबार, ०९ पुस २०७२

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही दिनअघि जनकपुरमा भएको दुव्र्यवहारको कांग्रेस विदेश विभागले भत्र्सर्ना गरेको छ । एक विज्ञप्ति निकाल्दै उसले राष्ट्रप्रमुखमाथि भएको दुव्र्यवहारको निन्दा तथा भत्र्सना गरेको हो ।

कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको दुव्र्यवहार र लगाइएको लान्छाना प्रति नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध बिभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रपति जस्तो गरिमा बोकेको व्यक्तिप्रति जनकपुरमा गरिएको व्यवहार असभ्य र सामन्ती सोचको उपज रहेको विज्ञिप्तिमा उल्लेख छ ।

कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यो घटनालाई सबै महिलाहरुले आफूप्रति गरिएको अपमानका रुपमा बुझेका छन् , नेपाली कांग्रेस यस घटनाको निन्दा र भर्सना गर्दछ ।’ कोइरालाले राष्ट्रपतिलाई विवाह पञ्चमीका दिन जनकपुरमा भएको गाली गलौज र राष्ट्रपति फर्केपछि सद्धीकरणका नाममा भएका कर्म सभ्य समाजलाई सुहाउने हुनै नसक्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप