भूकम्पप्रभावित विद्यालय पुनर्निर्माणमा क्यालगरी क्यानाडाबाट सहयोग
वैशाख १२ को विनासकारी भूकम्प र पटक–पटकका पराकम्पबाट क्षति पुगेका विभिन्न विद्यालयहरूको पुनर्निर्माणको लागि क्यानाडाको क्यालगरीस्थित नेपालीहरूको संस्था क्यालगरी नेपाली कम्युनिटी एसोसिएसनन (सीएनसीए) ले आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाले गोरखा, धादिङ र भक्तपुर गरी तीन जिल्लाका चार वटा विद्यालयको पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।
सीएनसिएले गोरखाको महेन्द्र लीला उच्च माध्यमिक विद्यालयको दश कोठे भवन निर्माणका लागि पन्ध्र हजार क्यानेडियन प्रदान गरेको छ । कुल ५५ लाख नेपाली रुपैयाको लागतमा बन्ने उक्त परियोजनामा क्यानाडाका अन्य संघ संस्थाहरू गैरआवासीय नेपाली संघ क्यानाडा, लन्डन क्रस –कल्चरल लर्निङ्ग सेन्टर, नेपाल हेरिटेज च्यारिटी फाउन्डेसन र क्यानेडियन नेवा गुठि समेतको सहकार्य छ ।
यसैगरी मेडिकल मर्सी क्यानाडासंगको सहकार्यमा सी एन सी एले धादिङका भुकम्प प्रभावित दुइवटा विद्यालयमा पनि सहयोग प्रदान गरेको छ । संस्थाको सहयोगमा नीलकण्ठ नगरपालिका स्थित कालिका प्राथमिक विद्यालय र मैदी गा.वि.स. स्थित संस्कृत उच्च माध्यमिक विद्यालयमा एक एक वटा ४ कोठे भवन निर्माण कार्य हुँदै छन् । यी दुवै परियोजनाको लागि सी एन सी ए ले मेडिकल मर्सी क्यानाडामार्फत कुल १५ हजार क्यानेडियन डलर उपलव्ध गराएको छ ।
भुकम्पले क्षतिग्रस्त भक्तपुर स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको लागि सी एन सी ए ले लायन्स क्लब अफ काठमाडौँ दरबार मार्ग समेतको सहकार्यमा हालै एक सम्झौता गरी क्यानेडियन डलर १३ हजार उपलव्ध गराएको छ । सी एन सी ए का कोषाध्यक्ष दिव्य प्रधानका अनुसार नेपालका भुकम्प पीडितलाई सहयोगार्थ संस्थाले कूल एक लाख दश हजार क्यानेडियन डलर आर्थिक संकलन गरेको थियो । पहिलो चरणमा तत्कालिन उद्धार र राहतको लागि क्यानेडियन रेडक्रस, नेपाल सरकारको प्रधान मंत्री राहत कोष र गैर आवाशीय नेपाली संघ मार्फत सहयोग पठाएको र दोस्रो चरणमा उपयुक्त संस्थाहरुसंगको सहकार्यमा भुकम्प प्रभावित ग्रामिण क्षेत्रका क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सघाउदै आएको कुरा सी एन सी ए का महासचिव ऋषि बस्ताकोटीले बताए । महासचिव बस्ताकोटीका अनुसार साधन र स्रोतले भ्याएसम्म संस्थाले यस्तो सहयोग भविस्यमा पनि निरन्तर राख्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण