राजदूत कार्कीलाई प्रवासी नेपालीको ज्ञापनपत्र
बिहीबार, ०९ पुस २०७२, १० : १२
अमेरिका – प्रवासी नेपाली एकता समाज युएसएको एक प्रतिनिधि मण्डलले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय एकता दिवसलाई एक पर्वको रुपमा मनाउन नेपाल सरकारलाई दूतावास मार्फत ज्ञापनपत्र बुझाएको हो ।
पृथ्वी नारायण शाहको नेपाल चार जात छत्तीस वर्णको साझा फुलवारी भन्ने भनाई मुलुकको अहिलेको जटिल परिस्थिति तथा परिवेशमा पनि अत्यन्त सान्दर्भिक हुने भएकाले ज्ञापनपत्र बुझाइएको संस्थाका प्रतिनिधिहरुले बताए ।
पृथ्वी नारायण शाहले नेपाल भन्ने देश र नेपाली भन्ने पहिचान एकीकरण गरेर बनाएकामा अब मासिने हो कि भन्ने आशंका उब्जिएकाले पृथ्वी नारायण शाहको खोजी गर्नु पर्ने बेला आएको समाजको धारणा छ ।
प्रवासी नेपाली एकता समाज राप्रपा नेपालसंग आवद्ध संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण