काठमाण्डौ फाइनान्सको काफल प्रोफेशनल कर्जा
काठमाडौं– काठमाडौ फाइनान्सले “काफल प्रोफेशनल कर्जा” नामको नयां कर्जाको शुरुवात गरेको छ । यो योजना अन्तर्गत विशेष गरी स्थायी आम्दानी हुने डक्टर, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, वकिल तथा अन्य स्वरोजगारीहरु, सरकारी तथा अन्य संगठित संस्थामा कार्यरत स्थायी कर्मचारीहरु र पेन्शनरहरुलार्ई व्यवसायीक तथा सामाजिक कार्यको निम्ति मासिक किस्ता बन्दिमा बिना धितो व्यक्तिगतजमानी मात्र लिई अधिकतम प्रतिशत वर्ष अवधिको रु. १प्रतिशत लाख सम्मको कर्जा लगानी गरीने फाइनान्सले विज्ञप्तिमा जनाएको छ ।
काठमाण्डौ फाइनान्सले निक्षेपतर्फ अघिल्लो वर्षको तुलनामा १२१.३१ प्रतिशत को बृद्घि गरी २०७२ असाढ मसान्तमा रु.१ अरब २४ करोड ४२ लाख पु(याउनुका साथै कर्जा तर्फ पनि अघिल्लो वर्षको तुलनामा १२६.२० प्रतिशत को बृद्घि गरी २०७२ असाढ मसान्तमा रु.१ अरब २ करोड ४६ लाख पुर्याउन सफल रहेको विज्ञप्तिमा जनाइएको छ । फाइनान्सको २०७२ असाढ मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७६प्रतिशत रहेको छ । यो अनुपात अघिल्लो असाढ मसान्तमा ४.६७प्रतिशत रहेको थियो । व्यवसायमा गरीएको २ गुनाको बृद्घिका साथसाथै कर्जाको गुणस्तरमा बृद्घि एवम् कोषको लागतको उचित व्यवस्थापनको सकारात्मक परीणाम स्वरुप खुद व्याज आम्दानी अघिल्लो वर्षको तुलनामा यस आ.व.मा ९१.३६ प्रतिशत ले बृद्घि भई रु.३ करोड ८४ लाख पु(याउन संस्था सफल रहेको छ भने नोक्सानी व्यवस्था अघिको नाफा अघिल्लो वर्षको तुलनामा यस आ.व.मा ३ गुणा बृद्धि भई रु.२ करोड ३८ लाख पुग्नुका साथै २०७२ असाढ मसान्तमा खुद नाफा रु.१ करोड ७१ लाख पुगेको छ जुन अघिल्लो वर्षको भन्दा रु. १८ लाख बढी हो । फाइनान्सको हालको चुक्ता पूंजी रु.१८ करोड ३८ लाख रहेको र पूंजी बृद्घिका लागी फाइनान्सले १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गरी गोर्खा डेभलपमेन्ट बैंक संग मर्ज गर्ने प्रक्रिया अगाडी बढाएको छ । काठमाण्डौ डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले निकट भविष्यमा काठमाण्डौ लगायत काठमाण्डौ उपत्यका बाहिर गरी ३ वटा शाखा विस्तारको तयारीमा रहेको छ । फाइनान्सले आफ्ना ग्राहकहरु सुविधालाई ध्यानमा राखि एटिएम तथा मोबाइल बैंकिङ्ग सेवा सुरु गरेको छ र निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग सेवा दिने जानकारी पनि विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं फाईनान्सले आफ्ना ग्राहकहरुको सुविधाकालागी मोबाईल बैंकिङ्क तथा डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं फाईनान्सले आधुनिक बैकिङ्क सुबिधालाई अझ सरल बनाउनका लागी यी सेवाहरु ल्याईएको जनाएको छ । ग्राहकहरुले मोबाईल बैंकिङ्क तथा डेबिड कार्ड निशुल्क प्राप्त गर्नेछन् । मोबाईल बैकिङ्क मार्फत ग्राहकहरुले बिभिन्न सेवा उपभोग गर्न सक्नेछन् । आफ्नो मोबाईल मार्फत गा्रहकहरुले मोबाईल टपअप, रिचार्ज, फण्ड ट्रान्सफर, युटिलिटि पेमेन्ट, तथा सोधपुछ अनुरोध गर्न सक्नेछन् । काठमाडौं फाईनान्सले पूंजी बृद्घिका लागी फाइनान्सले १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने तयारीमा छ । काठमाण्डौ डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले निकट भविष्यमा काठमाण्डौ लगायत काठमाण्डौ उपत्यका बाहिर गरी ३ वटा शाखा विस्तारको तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण