ग्यासका रित्ता सिलिण्डरको लाईन हटाउन माग
पोखरा–एलपी ग्याँस विक्रेता संघ कास्कीले पोखराका ग्याँस विक्रेताको अगाडि लाईनमा राखिएका ग्याँसका सिलिण्डर हटाउन माग गर्दै वुधवार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र वुझाएको छ ।
वजारमा खाना पकाउने ग्याँसको चरम अभाव भईरहेका वेला केही निश्चित व्यक्तिहरुले मात्र हप्तौसम्म रित्ता सिलिण्डर लाईनमा राखेर ग्याँस कव्जा गरेको र वास्तविक उपभोक्ताले ग्याँस नपाएको भन्दै विक्रेताको अगाडि लाईनमा राखिएका ग्याँस सिलिण्डर हटाई दिन संघले माग गरेको हो । उनीहरुले अहिले सडकमा भईरहको ग्याँसको लाईन हटाएर उपभोक्ता कार्ड लागू गरी ग्याँसको प्रवन्ध मिलाउन माग समेत गरेका छन् । एउटै मान्छेले पटक पटक ग्याँस लगेर हैरान पारे त्यसैले सो अनियमितता रोक्न पनि प्रशासनले वाटोको लाईन हटाउन सहयोग गनु पर्ने एलफी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायणप्रसाद पौडेलले माग गरेका छन् । यसैवीच कास्की जिल्लामा रहेको ग्याँस वोटलिङ प्लान्टले आफूले आयात गरेको ग्याँस वढी नाफा कमाउने उदेश्यले विभिन्न वहानामा सिधै ठूला होटल रेष्टूरेण्ट र सो सम्वन्धि विभिन्न संघ संस्थालाई उपलव्ध गराउने गलत नियत रहेको भन्दै संघले सो को विरोध समेत गरेको छ । यो कार्यले नेपाल आयल निगमद्धारा जारी एलपी ग्याँस वितरण एवं सुरक्षा सम्वन्धि निर्देशिका २०६८ को दफा ६ को उपदफा ख मा उल्लेखित व्यवस्था उलंघन भै कानूनी राजको उपहास भएकोले तत्काल यस्तो कदम रोक्न समेत संघले माग गरेको छ । सो माग पत्र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीलाई वुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण