‘लाइ डिटेक्टर पोलिग्राफटेस्ट’ गरिएका दुई अभियुक्त जेल चलान
बिहीबार, ०९ पुस २०७२, १० : ४८
रौतहट– अपराध पत्ता लगाउन पहिलोपटक ‘लाइ डिटेक्टर,पोलिग्राफ मेशिन प्रयोग गरिएका दुई अभियुक्तलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
सुतिरहेका मानिस माथी गोलीप्रहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाद्धारा पक्राउ गरेका कर्कच कर्मैया ८ टिकुलिया टोलका श्याम यादव,र मुकेश ठाकुरलाइ अदालतले पुर्पक्षका लागी जेल चलान गरिएको हो ।
जिल्ला न्यायाधीश श्रीप्रकाश उप्रेतीको बुधवार बसेको इजलासले दुबैजना अभियुक्तलाई जेल चालान गरेको प्रहरी निरिक्षक सन्तुलाल प्रसाद जइसवारले बताए ।
बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता कमलराज पन्थीले बहस गरेका थिए ।
गत मंशिर १ गतेराती आफनै घरमा सुतीरहेका कर्कचकर्मैया ८ का सुरेन्द्र साह कलवार माथी झयाल बाट गोलीप्रहार भएको थियो ।
साहको हातमा गोली लागी घाइते भएका थिए । घटनाको अनुसंधानको क्रममा पक्राउपरेका अभियुक्तको बयान लिन प्रहरीले जिल्लाको इतिहासमा पहिलोपटक काठमाण्डौ बाट मगाएर झुठो नबोल्ने लाइफ डिटेक्टर पोलीग्राफ मेशीनको प्रयोग गरेको एस्पी डाक्टर गणेश रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण