हुम्लामा आगलागी, कालिकोटका ४ जनाको मृत्यु
बिहीबार, ०९ पुस २०७२, ११ : ११
हुम्ला – हुम्लामा गएराती भएको आगलागीमा परि ४ जनाको ज्यान गएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । मृतकहरु कुल्ली काम गर्नका लागि श्रीमष्ठा स्थित पीपलाङमा आएका कालिकोट लालु गाविसका स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मृतकहरुमा लालु गाविसका नयाँ सुनार, गगन सुनार, मानबहादुर बिक र जया मिजार रहेका छन् । घाइतेहरु ६ जना पनि कालिकोटस्थित लालु गाविसकै रहेको बताइएको छ । उनीहरुको पनि अवस्था गम्भीर रहेको र अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले थप उपचारका लागि उनीहरुलाई काठमाडौं लैजान हेलिकप्टर मगाइएको जनाएको छ । यस्तै मृतकहरुको शब भने अन्तेष्टिका लागि उनीहरुकै गाउँ लालु लैजाने बताइएको छ । प्रहरीले कुल्ली काम गर्ने उनीहरु सामान्य छाप्रोमा बस्दै आएको र एक्कासी आगलागी भएर सो घटना हुन पुगेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण