मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् फेरि विस्तार हुँदै, एकनाथ भन्छन्, ‘५ बजेको लागि तयार हुनुस् भनिएको छ’

बिहीबार, ०९ पुस २०७२, ११ : ४०
बिहीबार, ०९ पुस २०७२

काठमाडौं– यसअघि नै जम्बो बनिसकेको ओली क्याबिनेट फेरि विस्तार हुने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साना ३ दललाई समेटेर मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी थालेका हुन् । स्रोतका अनुसार ओलीले साना दल राप्रपा, परिवार दल, समाजवादी जनता पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । राप्रपाबाट दीप बोहरा, परिवार दलबाट एकनाथ ढकाल र समाजवादी जनता पार्टीबाट प्रेमबहादुर सिंह मन्त्री बन्ने पक्कापक्की भएपनि मन्त्रालयको भने हालसम्म टुंगो लागेको छैन । परिवार दलका अध्यक्ष समेत रहेका एकनाथ ढकालले साँझ ५ बजेको लागि सपथ लिनका लागि आफूलाई तयारी अवस्थामा बस्न खबर आएको जानकारी दिए । उनले भने, ‘सपथका लागि तयारी अवस्थामा बस्नु भनिएको छ, आजै क्याबिनेट पनि बस्दैछ, त्यसपछि अन्तिम टुंगो लाग्ला ।’ ओली सरकार यसअघि नै ६ उपप्रधानमन्त्रीसहित ३० सदस्यीय भइसकेको छ । जसमा २ सहायक र २ राज्यमन्त्रीसमेत सहभागि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप