आगलागीबाट लाखौंको क्षति
बिहीबार, ०९ पुस २०७२, ११ : ५३
सिरहा, पुस ९–सिरहाको एक दलितबस्तिमा आज विहान आगलागीहुँदा लाखौं मूल्यको धनमाल जलेर नष्ट भएको छ । सीतापुर–४ का रामविलास रामको गोठबाट सुरुभएको आगो फैलिएर रामवली राम, एकन राम, लखन राम, र रामविलास रामको घरमा आगलागीहुँदा ११ लाखभन्दा बढीको धनमाल जलेको प्रहरीले जनाएको छ ।
चिसो छल्न गोठमा लागाएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट रामविलास रामको गोठ, रामवली रामको दुवटा घर, रामलन रामलखन रामको एउटा घर, रामविलास रामको एउटा घर र चार वटा बाख्रा सहित घरमा रहेको अन्नपात, नगद, सुनचाँदीको गरहना जलेको जनाएको छ ।
आगो स्थानीय वासिन्दा र प्रहरीले ३ घण्टा लागाएर नियन्त्रणमा लिएको जनाएको छ । विहान करिव एक बजेबाट सुरु भएको आगलागि ४ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण