स्वास्थ्य ज्ञान : यसरी बच्न सकिन्छ हाइडाटिड रोगबाट
विभिन्न जनावरमा लाग्ने इकिनोकोकस जातको फित्तेजुका (परजीवी) को अन्डाबाट उत्पन्न हुने रोगलाई हाइडेटिड वा इकाइनोकोकोसिस वा हाइडाटिडोसिस वा हाइडाटिड रोग पनि भनिन्छ ।
मानिसमा हाइडाटिड रोगको प्रसारण यो सरुवा रोग होइन । तर, घरमा पालेको कुकुर वा अन्य जनावरमा यो रोग लागेको छ भने घरका अन्य सदस्यमा सर्न सक्छ । मानिसबाट मानिसमा यो रोग सर्दैन । हाइडाटिड रोगको चक्र सर्ने तरिका पशुहरू (कुकुर, सुँगुर) मा लाग्ने इकिनोकोकस जातिको फित्तेजुकाको अन्डा मानिसले निल्न पुगेमा यो रोग लाग्छ । जुकाको अन्डा सानो आन्द्राबाट श्रावग्रन्थी प्रणाली हुँदै रक्तसञ्चारको माध्यमबाट फैलन गई विभिन्न अंगमा थैली (सिस्ट) बन्न गई रोगको लक्षण देखा पर्छ ।
मानिसमा लक्षण
यस रोगले मानिसको जुन अंग वा भागमा पानी भरिएको झिल्लीजस्ता सिस्ट बनेर असर गर्छ, सोहीअनुसारको लक्षण देखिन्छ । यस्तोे सिस्टले संक्रमित भाग वा अंगलाई काम गर्न नसक्ने बनाइदिन पनि सक्छ । खासगरी कलेजो, फोक्सोमा यो सिस्ट बन्न सक्छ । यसका अतिरिक्त कहिलेकाहीँ शरीरको अन्य भाग वा अंगमा पनि सिस्ट बन्न सक्छ । सिस्टको आकार सानो देखि ठूलोसम्म हुन सक्छ र आकार शरीरको अंग वा भाग र सिस्टका संख्याअनुसार लक्षण पनि फरक–फरक देखिन सक्छ । लक्षण देखिन समय लाग्छ
हाइडाटिड सिस्टको विकास बिस्तारै हुने हुँदा रोगको लक्षण देखिन वर्षौं पनि लाग्न सक्छ । फेरि मानिसले रोग भए पनि सहन सक्ने हुँदा रोग निदान वा उपचारमा हेक्का पुर्याउन सक्दैनन् । कहिलेकाहीँ ठूलो आकारको थैली (सिस्ट) शरीरभित्र नै फुट्न जान्छ, जसकारण एनाफिलाटिक सक भई मानिसको मृत्यु समेत हुन सक्छ । जब जटिल समस्याहरू देखा पर्न थाल्छ, तब मात्र मानिस उपचारको खोजीमा जान्छन् । सिस्ट विकास भएको शरीरको अंग बिस्तारै ठूलो आकारको हुँदै वा सुन्निदै जाँदा असहज महसुस पनि हुन्छ ।
रोग पहिचान
मानिसमा यो रोग लागेको पहिचान क्लिनिकल परीक्षण, एक्स–रे, सिटिस्क्यान, सिरोलोजिकल परीक्षण तथा मोलिक्युलर प्रविधि अपनाएर गर्न सकिन्छ । एउटै प्रविधिबाट रोग यकिन गर्न कठिन हुन सक्छ ।
उपचार शल्यक्रिया गरी सिस्टलाई शरीरको अंगबाट हटाउनु नै यसको उपचार हो । शल्यक्रियाका क्रममा यदि सिस्ट फुटी भित्री अंगहरूमा पर्न गयो भने, घातक पनि हुन सक्छ । यदि सिस्ट फुट्यो भने सिस्टभित्र रहेका हजारौँ िसंख्याका परजीवीको टाउकाहरू शरीरभरि फैलन्छ । यस्तो हुन नदिन सिस्टभित्रको पानी तानेर बाहिर फाली उपयुक्त औषधि सिस्टभित्र राखी हाइडाटिड परजीवीलाई मार्न पनि सकिन्छ ।
रोकथाम
यो रोगलाई पूरै निर्मूल गर्न त सकिँदैन । तर, रोकथाम गर्न वा बच्न निम्न उपाय अवलम्बन गर्नुपर्छ । (क) कुकुरलाई काँचो मासु, सिस्ट भएको थैली, खेर जाने मासु खान नदिने । राम्ररी पाकेकोे मासु मात्र खान दिने । (ख) कुकुरलाई नियमित रूपमा परजीवीविरुद्ध उपयुक्त औषधि दिने । (ग) कुकुरलाई जथाभावी छाडा नछोड्ने । (घ) कुकुरलाई छोएपछि साबुन पानीले हात राम्ररी धुने । (ङ) कुकुरलाई आफ्नो मुख चाट्न नदिने । (च) ताजा फलफूल तथा तरकारी राम्ररी स्वच्छ पानीमा पखालेर वा ताछेर मात्र पकाउने वा खाने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण