हिटलरबारे अनौठो तथ्य फेला पर्यो
जर्मनी– जर्मनीका पूर्व शासक एडल्फ हिटलरबारे अनौठो तथ्य फेला परेको छ । इतिहासकारले नाजी नेताको समयको बारेमा अध्ययन गर्ने क्रममा अनौठो तथ्य फेला पारेको जर्मनीको इतिहासका विज्ञ तथा अन्वेषक पिटर फ्लीसम्यानले बताएका छन् । जर्मनीका पूर्व तानाशाहाका रुपमा चिनिँदै आएका हिटलरले ल्याड्सवर्गस्थित जेल जीवन बिताउँदै गर्दा उनलाई पेय पदार्थ (बियर) दिइने गरेको हालै यहाँ प्रकाशित एक ऐतिहासिक दस्तावेजमा जनाइएको छ ।
उनलाई जेलमा रहँदा पनि विशेष रुपमा व्यवहार दिइएको अभिलेखबाट जानकारी हुन आएको छ ।
हिटलर र उनका कैयौँ सहयोगीलाई तत्कालीन जर्मन सरकारले दिएको आतिथ्यबारे अन्वेषणका क्रममा थाहा पाएपछि यसले उनीहरुलाई चकित पारेको फ्लीसम्यानले बताए ।
हिटलर र उनका सहयोगीलाई सन् १९२३ को असफल ‘बियर हल पुच’ पछि जेलमा लिइएको थियो ।
यसमा जर्मन तानाशाहले ब्राभियामा शक्ति कब्जा गर्दैगर्दा नियन्त्रणमा लिइएको हिटलरको जेल जीवनका बारेमा रहेको अभिलेखबाट खुल्न आएको बताइएको छ ।
अभिलेखअनुसार हिटलर र उनका सहयोगीलाई समाजवादी वा कम्युनिस्टको तुलनामा सम्मानजनक व्यवहार दिइएको थियो ।
हिटलरलाई ल्यान्डसवर्ग जेलबाट सन् १९२४ डिसेम्बर २० मा व्यवहारमा सुधार आएको भन्दै जेलमुक्त गरिएको र पछि उनका गतिविधिका कारण प्रसिद्ध भएका थिए ।
उनको नाजी पार्टीले बहुमत प्राप्तगरेपछि सन् १९३३ पछि जर्मनीको चान्सलरका रुपमा आएका उनी पछि निरंकुश शासनशैलीका कारण पतन हुनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण