मन्त्रिपरिषद्को झण्डै पौने घण्टा बैठकः के–के भयो निर्णय ?
काठमाडौं– सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले आज साँझसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको छ ।
झण्डै पौन घण्टासम्म चलेको बैठकले मन्त्रिमण्डल विस्तार आज साँझसम्ममा गर्ने र केहि मन्त्रालय समेत विभाजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए । तर, कुन–कुन मन्त्रालय विभाजन गर्ने भन्नेबारे भने उनले स्पष्ट पारेनन् ।
उनले बैठकले नेपाली सेनाका तीन जना महासेनानीहरू दिलिपबहादुर विष्ट, दिपक घले गुरुङ र ताराध्वज पाण्डेको पदावधि थप गर्ने निर्णय समेत गरेको छ । यस्तै युरोपियन युनियनले दिन लागेको अनुदान सहायता स्वीकार पनि बैठकले गरेको छ । युरोपियन युनियनले पोषण सुधारका लागि २ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयका प्रमुखहरुलाई बालकल्याण अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण