चिकित्सकले आफ्नो धर्म छाड्दा... (फोटोफिचर)
भैरहवा-सिद्धार्थ नगर नगरपालिका ७ की सुधा मल्लाहलाई उनका आफन्तले प्रसुति सेवाको लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगेका थिए । गम्भिर अवस्थाकी मल्लाहलाई तत्काल उपचार आवश्यक रहेको थियो । आफन्तले मल्लाहलाई मेडिकल पुरयाउदा उनको उपचार नहुने जानकारी पाएका आफन्तले लाख अनुनय विनय गर्दा पनि उपचार सम्भव नभए पछि बुटवल तर्फ दौडिएका थिए ।
भैरहवा स्थित मेडिकल कलेजमा उपचार गराउन आउने मल्लाहका आफन्त मात्र हैन आकस्मिक सेवा बाहेक रातीमा उपचारका लागी आउने प्राय बिरामीहरु फर्किनु पर्ने बाध्यता रहेको छ । यति मात्र हैन बिभिन्न गम्भिर प्रकिृतिका बहिरङ्ग सेवा (ओपिडी)मा उपचार गराउन आउने बिरामी पनि अहिले उपचार नपाए पछि फर्किनु परेको छ । यी बिरामीहरुलाई अस्पतालले सेवा नदिएर फर्केका नभई उपचार नै धर्म भएका चिकित्सक र तिनका सहयोगीहरुको आन्दोलनले गर्दा फर्किएका हुन् ।
चिकित्सा क्षेत्रमा नेपालकै प्रसिद्ध यो स्वास्थ्य संस्था अहिले डाक्टर तथा ईन्टर्नहरुको आन्दोलनको कारण थला परेको छ । टाढा टाढा बाट मोटो यातायात खर्च गरेर उपचारका लागी आएका बिरामीहरु रित्तो हात फर्किदा अस्पतालको साख गुम्ने खतरा समेत रहेको छ ।
बिभिन्न माग राख्दै आन्दोलनमा रहेका मेडिकल कलेजका चिकित्सक तथा ईन्टर्नहरुको अवरोधका कारण मेडिकल कलेजमा उपचारको लागी आउने बिरामीहरुले सास्ती खेप्नु परेको छ । पोष्ट ग्रजुएट तथा एमबिबिएसमा अध्ययनरत बिद्यार्थीहरु अहिले आन्दोलनमा रहेको छन् । मेडिकल कलेजमा अनुभवहिन तथा कनिष्टलाई निमित्त मेडिकल सुपरिटेण्डेन्ट तोकेको भन्दै बिद्यार्थी चिकित्सकहरुले चरम असन्तुष्टि पोखेको छन् । बिद्यार्थीहरुको भनाई अनुसार अनुभवहिन निमित्त मेडिकल सुपरिटेण्डेन्टले कलेज चलाउदा बिरामीको सेवा सुविधा र बिद्यार्थीहरुको शैक्षिक गतिविधिमा गम्भिर असर पर्ने जनाउदै उनिहरुले तत्काल मेसु नियुक्त गर्न ब्यावस्थापन समक्ष माग राखेका छन् । यसका साथै मेडिकल कलेजमा मेडिकल अफिसरहरु समेत न्यून मात्रामा रहेका हुदा तत्काल मेडिकल अफिसरहरुको समेत नियुक्ति गर्न बिद्यार्थीको माग रहेको छ । यस बाहेक ईन्टर्नमा रहेका बिद्यार्थीहरुलाई अस्पताल सबै प्रकारको चिकित्सकिय सेवा निशुल्क गर्नु पर्ने समेत माग तेर्साएका छन् । ईन्टर्नमा रहेका बिद्यार्थीहरुको हाजिरीमा समेत असन्तुष्टि जनाउदै यसलाई बैज्ञानिक तथा न्यायोचित तरिकाले ब्यावस्थापन गर्न प्रशासन समक्ष माग राखेका छन् । आन्दोलनको बिद्यार्थीले क्रममा अस्पतालको आकस्मिक, बहिरङ्ग, तथा अन्य शैक्षिक कार्यक्रममा कुनै बाधा नगर्ने जनाए पनि अहिले पोष्ट ग्रेजुएट तथा ईन्टर्नहरुको आन्दोलनको कारण बिरामीको चाप घटेको युसिएमयसका जनसम्पर्क अधिकृत शुशिल गुरुङ्गले बताए । आन्दोलनको कारण बिरामीको चाप घटे पनि उपचारको अभावमा कोही फकिर्नु नपरेको भने गुरुङ्गको दावी रहेको छ । उनले आन्दोलनरत पक्ष आफ्नो माग प्रति परिपक्व नभएको टिप्पणी गरेका छन । आन्दोलनरत पक्षले शुरुमा २–३ वटा माग ल्याए पनि प्रत्येक वार्तामा मागको संख्या बढाउदै लगेको बताए । मेडिकल सुपरिटेण्डेन्ट जस्तो पलमा जो पाए त्यसैलाई नराखी बिशेषज्ञ मेसु खोज्न समय लागेको बताए । उनले अहिले निमित्त मेसु लक्ष्मी पाठकले प्रशासन चलाई रहेको जानकारी दिए । मंसिर १५ गते देखी माग राखेका २४ गते देखी आन्दोलनमा रहेका बिद्यार्थीहरु माग प्रति सुनुवाई नभएको बताउदै पुस ८ गते देखी अनिश्चितकालीन रिले अनशनमा बसेका छन् । यता बिद्यार्थी चिकित्सक र अस्पताल प्रशासनको मारमा सामान्य बिरामीहरु परेको भन्दै यसलाई तत्काल समाधान गरि स्वास्थय सेवालाई सुचारु गर्न बिरामीहरुले आग्रह गरेका छन् । यसका साथै स्वास्थ्य सेवा जस्तो अति संवेदनशिल क्षेत्रमा पनि आन्दोलनको बिकल्प रोज्न उनिहरुले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण