फेसबुक चलाएर न्यानो कपडा वितरण
रौतहट-चन्द्रपुर नगरपालिका–१ बस्ने रिक्साचालक केदारप्रसाद तिमल्सिनाले चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
सामान्य रिक्साचालक रहेका उनी आफ्नो पेसासँगै सामाजिक सेवामा सक्रिय रहेका छन् । सामाजिक सञ्जाल फेसबुक चलाएर चिसोको समयमा न्यानो कपडा सहयोग गर्न अपिल गर्दै आएका उनले यो वर्ष पनि यहाँका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वेटर, टोपी, पाइन्ट र सर्ट वितरण गरेका छन् ।
उनले हालै मात्र चन्द्रपुर नगरपालिका–८ स्थित श्री उच्चमावि जुडिवेलामा अध्ययनरत २७ जना टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
यसैगरी, उनकै पहलमा जिल्लाका तीनवटा सामुदायिक विद्यालयका लागि खाडी मुलुक बहराइनस्थित लालीगुराँस समाज सेवा तथा साउदी अरबस्थित ब्रदर्स अफ नेपालको सहयोगमा न्यानो कपडा प्राप्त भएको थियो । तराईमा शीतलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा निमोनिया हुने, टाउको दुख्नेजस्ता रोग देखिएकाले न्यानो कपडा वितरण गरेको उनले बताए । उनले परोपकारी हातलाई धन्यवाद दिँदै अन्य सङ्घसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको समेत बताए ।
उनका अनुसार लगातारको बन्दका कारण चितवन, काडमाडौँ लगायतका स्थानमा न्यानो कपडा रहेको भएपनि यातायातको साधन तथा खर्चको अभावमा ल्याउन सकिएको छैन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण