जो पहिलो पटक काठमाडौं आए, त्यो पनि छोराको शव लिन
काठमाडौं–छोरो विदेश गएको छ, पैसा कमाएर पठाउँछ, सबैका बाबुआमाको यस्तै सोच हुन्छ । छोरो विदेशबाट आउँछ, अनि छोरालाई लिन प्रायः सबैका बाबु–आमा एयरपोर्ट लिन जान्छन् । तर, एक व्यक्तिको यस्तो घटना भएको छ । उनी पहिलो पटक काठमाडौं आउँदा पनि उनको अनुहारमा खुसी छैन । काठमाडौं आएपनि एयरपोर्टमा उनी आफ्नो छोराको शव रिसिभ गर्न आएका छन् । इलामस्थित माइपोखरी–८ का ६५ वर्षीय खड्कबहादुर राई बिहीबार बिहान ९ बजे नै कान्छो छोरा सुरेश बहादुर राईको शव लिनको लागि काठमाडौं हिँडेका थिए । बाटामा आउँदा पनि उनी बेला–बेलामा चिच्याइरहन्थे ।
खड्कको साथमा मेरी बास्सैका कलाकार सुरविर पण्डित ‘दाह्री बा’ र व्यवस्थापक विष्णु बुढाथोकी पनि इलामबाट सँगै आएका थिए ।
शुक्रबार बिहान ८ बजे खड्कबहादुर एयरपोर्ट पुगे । एयरपोर्ट पुग्नासाथ पनि उनी छोराको नाम लिँदै चिच्याइरहेका थिए ।
खड्कका ४ भाइ छोरा छन् । जसमध्ये सुरेश कान्छो छोरा हुन् । सुरेशको मृत्युको खबर सुनेपछि साउदीमा रहेका खड्कबहादुरको जेठो छोरा पनि भाइको शवसँगै नेपाल आइपुगेका छन् ।
कसरी भयो मृत्यु ?
रोजगारको लागि भनेर उनका कान्छा छोरा सुरेश कुमार राई गत माघ १२ गते मलेसिया गएका थिए ।
मलेसियाको पेनाङस्थित एक कम्पनीमा कार्यरत थिए, सुरेश । सुरेशको सबै डकुमेन्ट कम्पनीले राखेको थियो । एकदिन कम्पनीबाट ड्युटी सकेर रुममा फर्किरहेको अवस्थामा साँझपख त्यहाँको पुलिसले उनलाई समात्यो । अनी डकुमेन्ट खोई भनेर प्रश्न गर्दा उनले मेरो सबै डकुमेन्ट कम्पनीले राखिदिएको बताएपछि पुलिसले तँ इलिगल होस् भन्दै उनलाई जेल हालेको थियो ।
जेलमा परेपछि उनलाई कम्पनीले कुनै वास्ता गरेन् । उनलाई क्षयरोगको पनि समस्या थियो ।
निकाल्नलाई दूतावास समक्ष पहल
जेलमा केहीदिन बिताएका सुरेशलाई निकाल्न भनेर नेपालबाटै विदेशमा रहेका मजदुरहरुकोपक्षमा काम गर्ने रमेश पण्डितले मलेसियास्थित नेपाली दूतावासलाई निवेदनसमेत पेश गरेका थिए । पेश गर्दा पनि दूतावासले कुनै वास्ता गरेन् । निवेदन पेश गरेको ५ दिनपछि रमेश पण्डितलाई दूतावासले फोन गरेर तपाईंको मान्छेको मृत्यु भयो भनेर खबर गराएको थियो । तर, मृत्यु भएको २ महिनापछि मात्र उनको शव नेपाल आएको हो । उनको गत अक्टोबर ३० मा जेलमा नै मृत्यु भएको हो । आज नै उनको शव एयरपोर्टबाट सिधै इलामस्थित माइपोखरी गाउँ लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण