मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भारतसँग पराजित हुँदै साफबाट बाहिरियो नेपाल

आइतबार, १२ पुस २०७२, २१ : ०१
आइतबार, १२ पुस २०७२

काठमाडौं - भारतमा जारी साफ सुजुकी कप २०१५ बाट नेपाल समूह चरणबाटै बाहिरिएको छ । आइतबार दोस्रो खेलमा भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा श्रीलंकासँग अप्रत्यासितरुपमा पराजित भएपछि आजको जीत आवश्यक रहेको नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित बन्न पुग्यो । तिभन्द्रम अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लियो । बिमल घर्तीले नेपालको गोलविहिन यात्राको अन्त्य गर्दै नेपाललाई आशा दिलाए । तर, खेलको २६ औं मिनेटमा रावलिन बोरगेसले भारतलाई खेलमा फर्काए । खेलको दोस्रो हाफमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई खेलमा पहिलो पटक अग्रता दिलाए । खेलको अन्तयतिर ललिअनजुवालाले दुई गोल गर्दै भारतलाई सहज जित दिलाए । मात्र तीन टोली समावेश समूह ए बाट भारत र श्रीलंका क्रमशः विजेता र उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप