मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई टाफोनको स्वागत (फोटो फिचर)

सोमबार, १३ पुस २०७२, १० : ४५
सोमबार, १३ पुस २०७२
काठमाडौं–नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई टेलिभिजन कलाकर्मी मञ्च टाफोनले स्वागत गरेको छ । आईतबार राजधानी एक कार्यक्रमको आयोजना गरि फुलमाला र खादा ओडाएर नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागतसँगै कार्यकाल सफलताको शुभकामना पनि दिइएको थियो । टाफोनकी अध्यक्ष दिपाश्री निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सानो पर्दा र ठूलो पर्दाका कलाकार सबैले मिलेर काम गर्नुपर्ने वक्ताहरुले धारणा राखे । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले सानो पर्दाका कलाकारहरुलाई आफूले झन बढी सम्मानका साथ हेर्ने गरेको बताए । ठूला पर्दाका कलाकारहरुले सानो पर्दाका कलाकारहरुलाई कलाकार नै नमान्ने प्रथाको अन्त्य गर्दै सबैलाई मिलाएर लैजान आफूले भूमिका खेल्ने उनको भनाई थियो । ‘म पनि सानो पर्दाबाटै आएको कलाकार भएकाले पनि सानो पर्दालाई म निकै सम्मानका साथ हेर्छु,’ बोगटीले भने, ‘आखिर सानो पर्दा भएपनि ठूलो पर्दा भएपनि गर्नुपर्ने काम उही नै हो, मेहनत उस्तै हो, त्यसैले हामी सबै एकै हौं भनेर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा टाफोन अध्यक्ष दिपाश्रीले कलाकार संघ सदैव टाफोनका लागि सहयोगी हुनेमा विश्वस्त रहेको धारणा राखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप