प्रियंका बनिन् प्रमोदको ‘झुम्कावाली’ (हेर्नुस् भिडियो)
सोमबार, १३ पुस २०७२, १० : ५०
काठमाडौं–लोकप्रिय गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ओए झुमा झुम्कावाली’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
शितल कादम्बिनीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । रोमान्टिक शैलीमा गाइएको गीतको भिडियो निर्देशन नितिन चन्दले गरेका छन् । भिडियो खिच्ने र सम्पादनको काम पनि उनी आफैँले गरेका हुन् ।
भिडियोमा अहिलेकी लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले ‘झुम्कावाली’ बनेर अभिनय गरेकी छिन् । उनलाई अभिनयमा अमिर शेख, सुधिर खनाल, सुजन रेग्मी र सौरभले साथ दिएका छन् । ‘गीतलाई निकै मिहनेत गरेर तयार पारेको छु’, गायक खरेलले भने, ‘आशा छ दर्शकले अरु गीतजस्तै रुचाउनुहुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण