अनुबन्ध गरेको केही घण्टामै बार्सिलोनाद्वारा खेलाडी बर्खास्त
मङ्गलबार, १४ पुस २०७२, ०८ : ४०
बार्सिलोना — बार्सिलोनाजस्तो क्लबमा आबद्ध हुनु जुन सुकै फुटबल खेलाडीको सपना हुन्छ । तर, एक जना खेलाडी भने बार्सिलोनासँग अनुबन्ध भएको केही घण्टाभित्र नै बर्खास्त भएका छन् । २४ वर्षीय फरवार्ड सर्जी ग्वार्डिओला सोमबार बार्सिलोनाको रिजर्भ टोली बार्सिलोना बीका लागि अनुबन्धित भए । तर, क्लबका अधिकारीहरुले ग्वार्डिओलाले दुई वर्षअघि बार्सा र काटालोनियाबारे गरेको आपत्तिजनक ट्वीटको बारेमा थाहा पाए र उनलाई बर्खास्त गरे । स्पेनिस पत्रिका मार्काका अनुसार बार्सासँग अनुबन्धित भएको केही घण्टामा उनको करार भंग गरिएको थियो । उनले रियल म्याड्रिडको समर्थन गर्दै बार्साविरुद्ध ट्वीट गरेको त्यहाँ उल्लेख छ । ग्वार्डिओला यस सिजन म्याड्रिडमा रहेको दोस्रो श्रेणीको क्लब एल्र्कोकोनसँग अनुबन्धित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण