सिटीलाई बराबरीमा रोक्दै आर्सनलमाथि लिचेस्टरको दबाब
लण्डन — म्यान्चेसटर सिटीसँग आफ्नो घरलु मैदानमा बराबरी रोकिएपछि लिचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा पुनः कब्जा जमाउन असफल भएको छ । यद्यपि, शीर्ष स्थानमा रहेको आर्सनलसँग अंक बराबारी गर्दै दबाब भने कायम राखेको छ । गोलअन्तरको आधारमा मात्र लिचेस्टर लिगको दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । यसअघि लिभरपुलसँग १—० गोलअन्तरले पराजित बनेको लिचेस्टरका लागि प्रिमियर लिगकै महंगो टोलीसँगको भिडन्त चुनौती र अवसर दुवै थियो । सिजनको दोस्रो पराजयपछि क्लाउडियो रानिएरीको टोलीले सिटीविरुद्ध उत्कृष्ट खेलको प्रदर्शन गर्यो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले राम्रो अवसरहरु सृजना गरे । दुवै टोलीका गोलकिपरहरुले एकपछि अर्को गर्दै विपक्षी टोलीको प्रयास असफल पारेका थिए । लिचेस्टरका जेमी भार्डीले उत्कृष्ट अवसर गुमाएका थिए भने सिटीका सर्जियो एगुएरोले पनि ६ यार्ड भित्रबाट गोल गर्न सकेनन् । १९ खेलपछि ३९ अंकका साथ लिचेस्टर लिगको दोस्रो स्थानमा रहेको छ भने ३६ अंकका साथ सिटी तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण