बेनिटेजलाई रोनाल्डोको राहत
म्याड्रिड — क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै प्रशिक्षक राफायल बेनिटेजमाथिको दबाब केही कम गर्न मद्दत गरेको छ । यसअघि रोनाल्डोले खेलको २३ औं मिनेटमा नै पाएको पेनाल्टीको अवसर भने खेर फालेका थिए । करिम बेन्जेमालाई सोसिडाडका युरीले डिबक्समा लडाएपछि पाएको पेनाल्टी रोनाल्डोले बारभन्दा माथि प्रहार गरे । तर, पहिलो हाफको अन्तयतिर युरीले अर्को गल्ती गर्दै डिबक्स भित्र बल हातले छोएपछि रियलले पुनः पेनाल्टी पायो । यस पटक कुनै पनि गल्ती नगर्दै रोनाल्डोले त्यसलाई गोलमा परिणत गरे । यद्यपि, रियलको अग्रता लामो समय भने टिकेन । खेलको दोस्रो हाफ शुरु भएको केही समयमा नै ब्रुमाले सोसिडाडलाई खेलमा फर्काए । त्यसपछि, मार्सेलोको कर्नरमा उत्कृष्ट भलीमार्फत गोल गर्दै रोनाल्डोले रियललाई पुनः अग्रता दिलाए । खेलको अन्तयतिर लुकास भाजक्वेजले बेलको क्रसमा गोल गर्दै रियललाई ३—१ को जीत दिलाए । रियलको घरेलु मैदानमा भएको खेलअघि रियलका समर्थकहरुले बेनिटेजको नाम लिँदा गिज्याएका थिए । त्यस्तै हामेज रोड्रिग्वेजलाई मैदानबाट निकाल्दा पनि घरेलु समर्थक प्रशिक्षकबाट असन्तुष्ट देखिन्थे । गत जुनमा मात्र रियल आएका बेनिटेजमाथि पछिल्लो समय निकै दबाब बढेको छ । रियलले पछिल्ला ६ मध्ये ३ खेलमा पराजय बेहोरेको छ । विशेष गरेर चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग आफ्नो गृहमैदानमा बेहोरेको लज्जास्पद पराजयपछि घरेलु समर्थक बेनिटेजसँग रुष्ट छन् । उनी बर्खास्त हुने हल्ला पनि चल्न थालिसकेको छ । सन् २०१६ को शुरुवात रियलले अवे खेलमा भ्यालेन्सियाको सामना गरेर गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण