प्राणघातक बन्दै लोकल मदिरा
गौशाला-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लोकल मदिरा प्राणघातक बन्दै गएको छ ।
जलेश्वर नगरपालिका– ४ मा जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएर करिब एक दर्जन अवैध मदिरा सञ्चालन भइरहेका छन् भने वडा नं १, २, ५ र ६ मा पनि दर्जनभन्दा बढी लोकल मदिरा भट्टी सञ्चालनमा रहेको छ ।
मल, लागुऔषध, कमसल सक्खर र खराव खाद्य वस्तुको मिश्रणबाट जलेश्वरमा अवैध रुपमा तयार पारिने लोकल मदिराबाट पछिल्लो एक वर्षमा जलेश्वरका सातजनाको ज्यान गइसकेको छ ।
सोही क्रममा गएराति पनि जलेश्वर– ४ मा ५५ वर्षीय महेन्द्र चौधरीको मृत्यु भएको छ ।
चौधरीले लामो समयदेखि अत्यधिक स्थानीय ९लोकल० मदिराको सेवन गरेपछि आफ्नो आन्द्रा, कलेजो र शरीरका विभिन्न अत्यावश्यक अङ्ग खराव बनाइसकेका थिए जसका कारण उनको गएराति मृत्यु भएको निजका आफन्तले बताएका छन् ।
यसरी जिल्लाको सदरमुकाममै खुलेआम उत्पादन र बिक्री वितरण गरिने लोकल मदिराले बर्सेनि स्थानीयवासीको ज्यान लिने गरेको र सो क्रम जारी रहेकाले लोकल मदिरा प्राणघातक बन्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीयवासीले जलेश्वरमा अवैध रुपमा सञ्चालित मदिरा भट्टीहरु तत्काल बन्द गराएर सर्वसाधारणको जीवन जोगाइदिन स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन् ।
आगोले पोलेर एकको मृत्यु
महोत्तरी जिल्लाको खुट्टा पिपराढी गाविसमा आगो ताप्नका लागि बालिएको घुरमा पोलिएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खुट्टा पिपराढी गाविस– ३ बस्ने ५५ वर्षीय लक्ष्मण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
गएराति २ बजे चौधरी शौच गर्न घर बाहिर गएको र घर अगाडि बालिराखेको घुरमा आगो ताप्न लाग्दा घुरबाट अचानक आगो सल्की निजको कपडामा समातेको र उनको पूरै शरीर जलेर उनी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
गम्भीर घाइते भएका चौधरीलाई परिवारले उपचारका लागि भारतको पटना लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको शव परीक्षणका लागि अञ्चल अस्पताल, जनकपुरमा लगिएको जिप्रका, महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण