जितको खुसियालीमा बन्दुक पड्काउँदा अफगानिस्तानमा क्रिकेट समर्थकको मृत्यु
काबुल – जिम्बाब्वेविरुद्धको सिरिज जितेको खुसियालीमा बन्दुक पड्काउँदा अफगानिस्तानमा एक युवा क्रिकेट समर्थनको मृत्यु भएको छ । शारजाहमा भएको क्रिकेट सिरिजमा आफगानिस्तानले जिम्बाब्वेलाई ३–२ ले पाखा लगाएको थियो । अफगानिस्तानको दक्षिणी भागमा रहेको हेमलमान्ड प्रान्तमा सो घटना भएको बताइएको छ । सिरिजमा जित हासिल गरेपछि विभिन्न सहरमा अफगानी जनता सडकमा उत्रेर खुसियाली मनाएका थिए । जसक्रममा उनीहरुले बन्दुकसमेत पड्काएका थिए ।
अफगानी अधिकारीहरुका अनुसार खुसियाली मनाउने क्रममा देशका अन्य भागमा पनि मानिसहरु घाइते भएका छन् । बन्दुक पड्काएको भन्दै कम्तिमा २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगानी राष्ट्रपति असरफ घानीले पनि भिडियो सन्देश जारी गर्दै खुसियलाी मनाउन बन्दुक न पड्काउन आग्रह गरेका थिए । युएईमा भएको यस सिरिजमा जित हासिल गर्दै अफिगानिस्तान क्रिकेट वरियतामा शीर्ष १० भित्र पर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण