घाइतेको उपचारमा मोर्चाले खर्चियो ४५ लाख रुपैयाँ
काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा कुनै विषयमा प्रवेश नै नगरी स्थगित भएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी गराए । ‘बैठक नै ढिलो बस्यो, उता चार बजेदेखि कार्यदलको बैठक बस्ने भएकाले नेताहरु त्यहाँ जानुपर्नेे भन्दै बैठक स्थगित भएको हो,’ उनले भने । आजको बैठकमा मधेश आन्दोलनका लागि स्वास्थ्य उपचार बारे गठन भएको समितिले आफ्नो प्रतिवेदन पेस गरेको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए । प्रतिवेदन अनुसार आन्दोलनकारीको उपचारमा ४५ लाख रुपियाँ खर्च भएको छ, त्यो पनि काठमाडौ उपत्यकामा मात्र । वरिष्ठ नेता यादवले भने, ‘यो कात्तिक १० गतेसम्मको तथ्यांक हो । सो तथ्यांक अनुसार २६ जनाले उपचार गराएर घर फर्किसकेका छन् भने करिब ८ जनाले अझै उपचार गराई रहेका छन् ।’ भोली दुईजना घाइतेको उपचार हुने भएकाले मधेशी मोर्चाले दुई लाख रकम त्यसको लागि छुट्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण