दाङमा नेकपा एमालेका दुई पक्षको वक्तव्यबाजी
दाङ - नेकपा एमाले दाङमा बक्तव्य बाजी सुरु भएको छ । दुइ खेमामा बाँडिएका छुट्टा छुट्ै प्यानलले बैठकले गरेको आधिकरीक निर्णय यो हो, भनेर कार्यकतार्ला विश्वस्त तुल्याउन वक्तव्य बाजी गरिएको आँकल गरिएको छ । पार्टीको तीनदिन सम्म चलेको बैठकमा बहुमत पक्षले गरेको निर्णयलाई अस्वीकार गरेको अल्पमत पक्षले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले राप्तीअंचल इन्चार्ज खेममान खड्काको निर्देशनमा अल्पमत पक्षका एमाले दाङका सचिव हुकुम बस्नेतको नेतृत्वमा पत्रकार सम्मेलनको आयोजना गरिएको बहुमत पक्षले बताएको छ । पत्रकार सम्मेलनमा सहभागी भएका राप्ती अंचल इन्चार्ज खेममान खड्काले पार्टी हित विपरित अघि बढ्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । अल्पमत पक्षले पत्रकार सम्मेलनमा के के भने ? १–नबौं राष्ट्रिय महाधिवेशनबाट रिक्त रहेको जिल्ला अध्यक्ष पदपूर्तिका लागि माघ २२ गते जिल्ला प्रतिनिधी परिषदको बैठक बस्ने । २–पदाधिकारी बैठकले मनोनीत गरेका १८ जनाको प्रस्ताव अस्वीकृत गरेको । ३–परिषदका सदस्यहरु मनोनीत गर्न सचिवलायलाई जिम्मा दिएको । ४–प्रकृया पुरा गरि आएका आएका आवेदनलाई नयाँ सदस्यता दिने र चैत्र मसान्त समम सदस्यता नबिकरण गर्ने ।
यता बहुमत पक्षको तर्फबाट एमाले दाङका अध्यक्ष जोगबहादुर राना, उपसचिव बामदेव खनाल र प्रचारविभाग प्रमुख श्याम डाँगीले संयुक्त विज्ञेप्ती जारी गरि बैठकले गरेको निर्णय सार्वजनिक गरेका छन् । संयुक्त जारी विज्ञेप्तीमा नेकपा एमालेको जिल्ला अधिवेसन जेठ ६ गर्ते गर्ने, पदाधिकारी बैठकले जिल्ला कमिटिको बैठकमा प्रस्ताव गरेको १८ जनाको नाम अनुमोदन गरिएको र सहित उमेश थापाको स्मृती दिवसको अबसरमा लमहीमा कार्यक्रम गर्ने लगाएतका बुँदाहरु उल्लेख गरिएको छ । विज्ञेप्तीमा बैठक पछि पार्टीका जिम्मेवार नेताहरुको सहभागीतामा पार्टीको एकतालाई असर गर्ने गरि गैरराजनीतिक क्रियाकलाप प्रति ध्यान नदिन सबै पार्टी नेता तथा कार्यकर्तामा अनुरोध गरिएको छ । पुष २१ गते देखि सुरु सुरु बैठक हिजो सम्पन्न हुदा सम्म पार्टी कार्यालय परिसरमा दुवै पक्ष विच कुटाकुट समेत भएको थियो । बहुमत पक्षले पार्टीको लेटरप्याड प्रयोग गरेको छ भने अल्पमत पक्षले फोटोकपी पेपर प्रयोग गरेर विज्ञप्ति लेखेका छन् । पार्टीको हित भन्दा पनि व्यत्तिगत स्र्वाथमा लिप्त रहेका खेममान खड्काले पार्टीलाई धारासायि र कम्जोर बनाउने तर्फ लागेको नाम नबताउने सर्तमा एक नेताले बतए । राप्ती अंचल इन्चार्ज भए देखि दाङमा मात्र नभई राप्तीका ५ वटै जिल्ला कमिटिमा ठूलो दरार ल्याएको उनले बताए । एमाले जिल्ला कमिटी अध्यक्ष नरुलाल चौंधरीले पार्टीको नवौं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्धारी दिए पछि उपाध्यक्ष रहेका जोगबहादुर राना अध्यक्ष भएका थिए । एमालेको विधान अनुसार अध्यक्षले केन्द्रिय समितिमा उम्मेदारी दिने वित्तिकै अध्यक्ष पद रिक्त रहने र त्यसमा उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ । तर अल्मत पक्षले केहि नेताको उक्काहाटमा सो कुरालाई अस्वीकार गर्दै आएको प्रचारविभाग प्रमुख श्याम डाँगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण