मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पूर्व युवराज पारसको सहीछाप किर्ते गरी फरार रहेका पक्राउ

शुक्रबार, २४ पुस २०७२, १७ : ०४
शुक्रबार, २४ पुस २०७२

काठमाडौं – पूर्व युवराज पारस साहको सहीछाप प्रयोग गरेर धम्काउँदै पैसा असुल गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा ३२ वर्षीय सुशील न्यौपाने रहेका छन् । विगत ९ वर्षदेखि फरार रहेका न्यौपाने भक्तपुरको दुवाकोटबाट शुक्रबार पक्राउ परेका हुन् । न्यौपानोले पूर्व युवराज पारस शाहको सहीछाप र तत्कालिन युवारजको कार्यालयको छाप किर्ते गरी सुधिकार कुमार रेग्मीलाई धम्काएर १५ लाख रुपैयाँ असुल गरेका थिए । उनले रेग्मीलाई उक्त रकम इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा गर्न लगाएका थिए । रेग्मीको उजुरीको आधारमा फैसला गर्दै काठमाडौं जिल्ला अदालतले अदालतले ठगी र किर्ते कागजातको महल बमोजिम न्यौपानेलाई २ वर्ष २ महिना कैद र १५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, उनी कैद र जरिवना भुक्तानी नगरी फरार रहेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले न्यौपानेलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पेस गरी अदालतको आदेश अनुसार केन्द्रीय कारागार पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप