मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेसमा प्रदेश मागेर देशलाई सिक्किमीकरण गर्ने प्रयास : केसी

शुक्रबार, २४ पुस २०७२, १७ : १८
शुक्रबार, २४ पुस २०७२

धनगढी - उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले गरेको नाकाबन्दीको घुर्कीले नेपाली जनता नडराउने बताएका छन् । राष्ट्रिय जनमोर्चा कैलालीको तेस्रो जिल्ला अधिबेशनको आज उद्घाटन गर्दै केसीले राष्ट्रिय अखण्डता, राष्ट्रियता, सार्वभौमिकता र अस्मितामाथि सौदाबाजी गरेर नेपाली जनता कसैको घुर्कीदेखि नझुक्ने बताए । अहिलेको सरकार कसैको दबाबमा नभई आफ्नै बलबुताले बनेको भएकाले राष्ट्रिय जनमोर्चा सो सरकारमा सामेल भएको बताउँदै अध्यक्ष केसीले संविधानको सफल कार्यान्यन अहिलेको आवश्यकता भएको बताए । उनले संविधानको सफल कार्यान्वयन भएपछि मात्र देशको अर्थतन्त्र बलियो भएर जाने बताए । संविधान संशोधनका नाममा अहिले विदेशीको स्वार्थ लाद्न खोजिएको भन्दै उनले त्यो स्वार्थपूर्ति हुन नदिन सबै राष्ट्रबादी शक्तिहरु चनाखो हुनुपर्ने बेला आएको बताए । सदियौदेखि हिमाल पहाड र तराइका जनता मिलेर बसेको स्मरण गर्दै उनले संघीयतामा नाममा टुक्रयाउन नहुने जिकिर गरे । उनले भने संघीयताका नाममा तराईलाई एक वा दुई प्रदेश बनाउनु पर्छ भन्ने मानसकिताले कालान्तरमा गएर यसलाई सिक्किमिकरण गर्न खोजेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप