मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङमा हिमपात, किसान उत्साहित

शुक्रबार, २४ पुस २०७२, १७ : २१
शुक्रबार, २४ पुस २०७२

मुस्ताङ - जिल्लामा हिमपात भएको छ । यो याममा पहिलोपटक हिउँ परेपछि जिल्लाका किसान उत्साहित भएका छन् । शुक्रबार बिहानदेखि परेको वर्षासँगै दिउँसोदेखि हिमपात सुरु भएको हो । उपल्लो मुस्ताङको सबै क्षेत्र, कागबेनी, मुक्तिनाथ, जोमसोम र मार्फा क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिदेखि चिसो बढेपछि जिल्लाको मौसम अहिले माइनसमा झरेको छ । यो याममा हिउँ पर्न ढिला भएपछि स्याउ, आलु र तोरी उत्पादक किसान समस्यामा परेका थिए । हिउँ नपरेपछि कोबाङ, छुसाङलगायतका गाविसमा खानेपानीको समेत समस्या भएको थियो । सदरमुकाम जोमसोममा हिउँ पर्न थालेपछि भ्रमणका लागि पुगेका पर्यटक उत्साहित भएका छन् । उनीहरु हिउँमा रमाउन आतुर देखिएका छन् । हिउँ पर्न थालेपछि जोमसोम, बेनी, मुक्तिनाथ सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप