‘गोरखा भूकम्प’ को साइत पारेर रानीपोखरीबाट यसरी शुरु हुँदैछ राष्ट्रिय पुनःनिर्माण अभियान
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्ने भएकी छिन् ।
‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ माघ २ गते १८ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । अठारौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो दिन बिहान ११स्५६ बजे शान्ति बाटिकामा राष्ट्रपतिले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको थालनी भएको घोषणा गर्ने कार्यक्रम छ । गत वैशाख १२ गते सोही समयमा ‘गोरखा भूकम्प’ गएको थियो ।
सोही दिन प्रधानमन्त्रीले कार्यविनायक नगरपालिकास्थित बुङ्मती क्षेत्रको पुनःनिर्माणको गुरुयोजना लोकार्पण गर्नुहुनेछ । प्रारम्भमा मुलुकका ५८ नगरपालिका, नगरपालिका घोषणा नभएका २८ जिल्ला सदरमुकाम र ७६ नगरोन्मुख गाविसमा विसं २०६२ मा राष्ट्रिय भवनसंहिता लागू गरिएको थियो । ललितपुर उपमहानगरपालिकाबाट सुरु गरिएको सो कार्यक्रम हाल २१७ नगरपालिकामा लागू गर्ने प्रस्ताव गरिएको समितिका संयोजक एवम् सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रमेशप्रसाद सिंहले जानकारी दिए ।
“भवनसंहिताको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, यसका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकाका कार्यकारी अधिकृतसँग परामर्श गरी दुई वर्षभित्र भवनसंहिता लागू गर्ने कार्य अगाडि बढाएको छ”–उनले भने ।
योजनाबद्ध तरिकाबाट भवनसंहितालाई लागू गर्ने प्रक्रियालाई कार्यान्वयन गर्ने आवश्यकता महसुस गरी छ महिनाभित्र भवनलाई भूकम्पीय दृष्टिकोणले मात्र नभई अन्य प्राकृतिक विपद्ले समेत सुरक्षित हुने गरी भवन निर्माण राष्ट्रिय कार्ययोजना सरकारबाट स्वीकृत गराई कार्यान्वयनमा लगिने बताइएको छ ।
पुनःनिर्माणमा करिब ५० हजार तालिमप्राप्त निर्माणकर्मीको आवश्यकता छ । आवश्यकता पूर्ति गर्न सहरी विकास मन्त्रालयबाट निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि २०७२ स्वीकृत भएको मन्त्रालयका प्रवक्ता पद्मकुमार मैनालीले जानकारी दिए । “यसका लागि विभागको पहलमा १२ हजार ५०० निर्माणकर्मीलाई तालिम दिइएको छ, यस वर्ष एक हजार निर्माणकर्मीलाई कालीगढ तालिम दिने योजना छ, १६ संस्थालाई तालिम दिन स्वीकृति दिइएको छ”–उनले भने ।
सो अवसरमा विसं १८३३ र १९३३ मा पनि बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यस पटक १३९ वर्षपछि फेरि बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएकाले बारपाकदेखि सिन्धुपाल्चोक र दोलखासम्मको भागमा बस्ती राख्ने, नराख्ने भनी अध्ययन हुन आवश्यक रहेकामा जोड दिइएको थियो ।
गृह मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले भूकम्पबाट प्रभावित पाँच लाख दुई हजार ९५३ परिवारलाई न्यानो कपडाका लागि रु १० हजारका दरले सहयोग गरिएको बताए । “मृतकका परिवार र अस्थायी घर टहरा बनाउनका लागि रु २१ अर्ब दिइएको छ, न्यानोका लागि रु पाँच अर्ब खर्च भएको छ”–उनले भने ।
नेपाल प्रहरीले पाँच विकास क्षेत्रमा विपद् कार्यदल स्थापना गरेको छ । कार्यदलमा एक हजार ७१ प्रहरीलाई खटाइएको छ । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण