मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ग्यासको बुलेट गन्नु पर्दैन, घर घरमा पाइपलाइनबाट ग्यास : प्रम

शुक्रबार, २४ पुस २०७२, १८ : ००
शुक्रबार, २४ पुस २०७२
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई परिणाम दिनेगरी सरकारले चाँडै विशेष काम गर्न लागेको बताएका छन् । नयाँ संविधानको कार्यान्वयनबारे प्रशिक्षण र राष्ट्रिय एकता सुदृढीकरणसम्बन्धी नेकपा (एमाले)को तीनमहिने अभियानअन्तर्गत आज यहाँ आयोजित काठमाडौँ उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले चाँडै परिणाम दिने गरी केही महत्वपूर्ण काम गर्ने उद्घोष गरेका हुन् ।

उनले काठमाडौँ उपत्यकामा ग्यासका सिलिन्न्डर विस्थापित गर्न घर घरमा पाइपलाइनबाट ग्यास उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै विद्युतीय सवारी साधनलाई प्राथमिकता दिन सरकारले आवश्वक काम गरिरहेको जानकारी दिए । ओलीले भने - ‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन । घरघरमा चुलाचुलामा पाइप पुर्याइदिन्छु । पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट आउँछ ग्यास ।’  प्रम ओलीले त्यसपछि ग्यासको बुलेट र सिलिन्डरको पछि दौडिन नपर्ने जानकारी दिँदै मिटरको भरमा ग्यास बाल्न पाइने बताए ।

कार्यक्रममा एमाले स्थायी समितिका सदस्य तथा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानका अन्तर्वस्तुबारे प्रशिक्षण दिँदै नेपालको संविधान समावेशी र वैज्ञानिक भएको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप