अस्पतालको लापरवाहीको कारण वीरगञ्जमा बृद्धको मृत्यु
वीरगन्ज – वीरगन्जको नारायणी उप क्षेत्रीय अस्पतालको लापरवाहीका कारण एक वृद्धको मृत्यु भएको छ । मधुमेहको उपचार गराउन अस्पताल भर्ना भएका वीरगन्ज उपमहानगरपालिका वाड नम्बर १९ नगवा निवासी ६३ वर्षीय वीरबहादुर कुर्मीलाई चिकित्सकले समयमा रगत नचढाएको कारण मृत्यु भएको मृतकाका परिवारले आरोप लगाएका छन् । नारायणी उप क्षेत्रिय अस्पतालका चिकित्सक मनोज गुप्ताको सल्लाहमा रक्त संचार केन्द्रबाट बिहिबार साँझ ४ बजे नै रगत ल्याएता पनि डिउटीमा रहेका स्टार्फ नर्सलाई पटक–पटक समयमै रगत नचढाएका कारण राती १२ बजे कुर्मीको मृत्यु भएको मृतकका श्रीमति चन्दा देवीले आरोप लगाएकी छन् ।
नारायणी उपक्षेत्रीय अस्पतालका कर्मचारीको लापरवाहीको कारण आफना श्रीमानले अकालमै ज्यान गुमाउनु परेको चन्दा देवीले बताएकी छिन् । सो विषयमा चिकित्सक मनोज गुप्तासँग बुझदा उनले डिउटीमा रहेका स्टाफबाट लापरवाही भएको बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रामपरिक्षण यादवसँग कुर्मी मृत्युको विषयमा बुझदा घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अस्पतालका चिकित्सकहरुको एउटा कमीटी बनाई घटनाको छानबिन गर्ने र छानबिनबाट डिउटीमा रहेका कर्मचारी दोषी देखिए कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । छानबिन गरी कारवाही गर्ने सहमति भएपछि मृतक कुर्मीका परिवारजनले शव बुझेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण