‘ओलीके बटाके दुकान’ भन्दै मोर्चाले बन्द गरायो जनकपुरका पसल
काठमाडौ– हिजो व्यपारीहरुले नै आन्दोलनरत मधेशी मोर्चाको दुईटा मोटरसाइकल जलाई दिएपछि जनकपुर पूर्णरुपमा ठप्प भएको छ । केही दिनदेखि आशिंक रुपमा बजार तथा पसलहरु खुल्दै आइरहेको थियो । तर, हिजो व्यपारीले नै मधेशी नेताको बाइक जलाई दिएपछि शुक्रबार सबै पसल, कलकारखाना तथा सरकारी कार्यालयहरुल पूर्ण रुपमा ठप्प भएको छ ।
मधेशी मोर्चाका नेताहरुले पसलको सटर–सटरमा ‘मधेशी विराधी दलालके दुकान, ओलीके बेटाके दुकान, मधेश दलाल मधेश छोड’ जस्ता नारा लेखेर व्यपारीहरुको पसल बन्द गराएका छन् । उनीहरुको पसलमा मधेशी मोर्चाका नेताहरुले आफै ताल्चा लगाइ दिएका थिए ।
व्यपारीहरुको एक हुलले हिजो सद्भावना पार्टीका धनुषा जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुप नारायण मण्डलको बाइक जलाएका थिए । आज विहानैदेखि स्वास्थ्य क्षेत्रबाहेक शिक्षण संस्था, बजार, व्यावसाय लगायत सम्पूर्ण क्षेत्र ठप्प रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र यूनिफाईड नन् पोलिटिकल अर्गनाईजेसन लगायत आन्दोलनरत्त पक्षले विहानैदेखि जनकपुर नगरमा प्रदर्शन गर्दै लाठी जुलुस प्रदर्शन बजार, पसल, होटेल र वित्तिय बैंक संस्थाहरु बन्द गराएका छन् ।
[caption id="attachment_24190" align="alignleft" width="840"] हिजो जलाइएको बाइक[/caption]खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण