सकारात्मक छलफलसँगै सकियो कार्यदलको बैठक
काठमाडौं – मधेशी मोर्चाले प्रस्तुत गरेको ११ बुँदे मागबारे कार्यदलको बैठकमा छलफल भएको छ । सिंहदरवारमा शुक्रबार बसेको बैठकमा ११ बुँदेमा शीर्ष तीन दलको कार्यदल र मोर्चाको कार्यदलले आ–आफ्नो धारणा राखेका थिए । बैठकपछि प्रतिक्रिया दिँदै मधेशी मोर्चाका नेताहरुले आजको छलफल सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिए । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष रामनरेश राय यादवले रातोपाटीसँग कुरा गर्दै आजको बैठकमा दुवै पक्षले मोर्चाले प्रस्तुत गरेको मागमा खुलेर धारणा प्रस्तुत गरेका थिए । ‘वहाँहरुले खुलेर आफ्नो धारणा राख्नुभयो । आजको बैठक निकै सकारात्मक भयो,’ यादवले भने । तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि आजको बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । बैठकमा राजनीतिक संयन्त्र बनाएर मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषयमा समेत छलफल भएको थियो । मोर्चाका नेताहरुले यसमा सकारात्मक प्रतिक्रिया जनाएका थिए तर संयन्त्रबाट आफ्ना मागहरु पूरा हुने विश्वासको आधार माग गरेका थिए ।
आजको छलफलपछि भोली दुवै पक्षका कार्यदलको छुट्टाछुट्टै बैठक बसेर थप धारणा बनाउने र दिउँसो २ बजेपछि पुनः बैठक बस्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण