राजतन्त्र पूर्नवहाली नभएसम्म आन्दोलन गर्ने शाही युवा शक्तिको घोषणा
काठमाडौं - राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले प्रमुख राजनीतिक दलहरु विदेशीको एजेण्डामा बिक्दा मुलुकको राष्ट्रियता नै खतरामा परेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा शाही युवा शक्तिले आयोजना गरेको बृहत्त ¥यालीको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता भट्टराईले विदेशी शक्तिले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता एजेण्डा लादेकोले नेपालको अस्तित्व नै समाप्त पार्ने खेल भएको आरोप लगाएका हुन् । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काको सभापतित्वमा आयोजित कोणसभामा भट्टराईले नेपालमा संविधान जारी गर्दा नेपालीभन्दापनि विदेशीहरु बढि खुशी भएको टिप्पणी गरे । उनले भने,“नेपाललाई रातारात धर्मनिरपेक्षता बनाउँदा पनि पोपभेनिडिक्टमा दिपावली भयो, त्यसैले देशलाई खण्डित पार्ने विदेशी एजेण्डालाई जतिसक्दो खारेज गर्नुपर्छ ।” अरु देशमा राष्ट्रिय एकिकरणबारे अहिलेपनि उतिकै महत्व भएपनि नेपालमा एकिकरणका पिताहरुलाई विर्सने काम भएको समेत उनले गुनासो पोखे । उनले राजतन्त्र राष्ट्रिय एकताको प्रतिक भएको समेत स्पष्ट पारे । कार्यक्रममा विश्व हिन्दू महासंघ अन्र्तराष्ट्रिय समितिकी सचिव अस्मिता भण्डारी, राप्रपा नेपालका विद्यार्थी संगठनका अध्यक्ष उज्जवल पोखरेल र शाही युवा शक्तिका केन्द्रीय सदस्य कृष्णा थापा लगायतले राजतन्त्र अहिलेको आवश्यकत्ता भएको धारणा राखेका छन् । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले मुलुक पछिल्लो समय विदेशीहरुको चँगुलमा फसेको भन्दै देशलाई बचाउनका लागि पनि सक्रिय राजतन्त्रको आवश्यक भएको बताए । अध्यक्ष खड्काले नेपाली जनताको चाहनाविपरित राजालाई हटाउने काम भएकोप्रति लक्षित गर्दै अब नेपाली जनताले नै राजा आउनुपर्ने धारणा राखेको दाबी गरे । उनले राष्ट्रिय एकताको प्रतिक राजसंस्था हुँदा मुलुकमा अहिलेकोजस्तो अस्तव्यस्तता नभएको जिकिर गरे । शाही युवा शक्ति नेपालले आगामी पुस २७ गते एकता दिवस घोषणा गर्नसमेत जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण