लोडसेडिङको मार नाटकमा पनि : दर्शकले मोबाइल बालेर हेरे नाटक
काठमाडौं – नेपाली रंगमञ्च इतिहासमै सम्भवत: पहिलोपटक दर्शकहरुले आफ्नै मोबाइलबाट बत्ती बालेर नाटक हेरेका छन् । काठमाडौं मल, सुनधारास्थित थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेज मती’को शुक्रबारको मञ्चनमा दर्शकहरुले यस्तो साथ र उत्साह दिएका हुन् । लोडसेडिङ समयमा जेनेरेटरबाट सञ्चालित काठमाडौं मलमा देशको पछिल्लो परिस्थितिका कारण प्रयाप्त डिजेल नहुँदा एक्कासी बत्ती जाँदा सातौं तल्लाको नाटकघर पनि अन्धकार बन्न पुगेको थियो । नाटकको कथा उत्कर्षमा पुगेको बेला नाटक नै रोकिने अवस्था आएपछि दर्शकहरुले स्वस्फूर्त रुपमा मोबाइलको टर्च बालेर नाटक हरेका हुन् । बत्ती नआउने पक्का भएपछि नाटकघरले दर्शकसँग माफी माग्दै नाटक रोक्नुपरेको र अरु कुनै दिन सोही टिकटमा नाटक हेर्न आउन अनुरोध गरेको थियो । तर दर्शकहरुले हामी मोवाइल बालेर साथ दिन्छौं भनेपछि नाटक सुचारु भएको थियो । चार्जेबल स्पिकरको जडान भएको कारण संगीत र ध्वनि भने नियमित नै थियो ।
नाटक सकेपछि नाटक टिमले दर्शकको यस साथलाई आभार व्यक्त गर्दै शिर निहुराएर र ताली बजाएर कृतज्ञता व्यक्त गरे । कलाकारहरुले भने, ‘यहाँहरुले थप गुन लगाउनुभयो, यहाँहरुलाई ध्न्यवाद अनि मोबाइलमा बत्ती राख्ने आइडियालाई पनि धन्यवाद ।’ दर्शकहरुले पनि उत्तिकै उत्साहसहित आभार व्यक्त गरे ।
रंगमञ्च इतिहासकै सम्भवत: पहिलो यस घटना पश्चात नाटकका लेखक तथा निर्देशक केदार श्रेष्ठले फेसबुक र ट्विटरमार्फत भनेका छन्, ‘‘हामीले हाँस्यव्यंग्यात्मक प्रस्तुतिमार्फत दर्शकहरुलाई हँसाइरहेको बेला, दर्शकको अपरम्पार साथले हामीलाई रुवाइदिएको छ । नेपाली रंगमञ्च दर्शककै कारण बाँचेको छ, हामी यहाँहरुप्रति सदैव कृतज्ञ छौं, जय दर्शक जय रंगमञ्च ।’’
नाटकको मञ्चन अवधि लम्ब्याउँदै आउँदो माघ २ गतेसम्म नाटक मञ्चन हुने थिएटर मलका संयोजक सञ्जिता सञ्जीले जनाएकी छिन् ।
नाटक मञ्चन अवधि एक साथ थपियो सुनधारास्थित काठमाडौं मलमा रहेको नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेज मती’को मञ्चन अवधि लम्बिएको छ । पुस १० गतेदेखि नियमित मञ्चन भइरहेको नाटकको मञ्चन अवधि एक साता लम्बिएको हो । पुस २५ सम्म मात्र मञ्चन हुने सो नाटक ‘मान भर्सेज मती’ अब माघ २ गते शनिबारसम्म मञ्चन हुनेछ । नाटक बुधबारबाहेक हरेक साँझ ४:४५ बजे र शनिबार दिउँसो १:०० बजे पनि मञ्चन हुनेछ ।
नाटकमा पछिल्लो समय रंगमञ्चसंगै फिल्म होस्टल रिटन्र्सबाट चर्चा कमाएका अभिनेता अभय बराल, प्रेमवर्षा खड्का, कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ र रोशन सुवेदीले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण