मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सभापतिका लागि आफूलाई सुशीलको समर्थन रहने रामचन्द्रको दाबी

सोमबार, २७ पुस २०७२, १६ : ०१
सोमबार, २७ पुस २०७२

काठमाडौ - पार्टीको १३ औं महाधिवेसनमा सभापतिको प्रत्यासी मानिएका नेपाली कांंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई वर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दावी गरेका छन् । रिपोर्टर्स क्लबका पत्रकारहरुसँगको कुराकानीमा पौडेलले भने,‘ देशभरीका साथीहरुले म बाट अपेक्षा गरेका छन् । मेरो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नु पर्छ भनेर देशै भरीको साथीहरुले भन्नु भएको छ । म अहिले छलफलमा छु, केही दिनभित्रै मेरो उम्मेदवारी स्पष्ट हुन्छ । मेरो उम्मेदवारी पार्टीको आवश्यकता हो । यसमा बर्तमान सभापति सुशील कोइरालाको समर्थन हुन्छ ।’ पौडेलले भारतमा गान्धी परिवार रहे पनि प्रधानमन्त्री र पार्टी सभापति अरु ब्यक्ति पनि बनेको उदाहरण प्रस्तुत गर्दै त्यसबाट पार्टीमा आलोपालो हुन्छ भन्ने सिक्न आग्रह गरे । उनले भने, ‘गिरिजाबाबुले पनि उहाँलाई प्रस्ताव गर्दा किसुनजी हुनुहुन्छ भनेर छाड्नु भएको थियो । पार्टीमा यो परम्परा बीपी कोइरालाले सुरु गर्नु भएको हो । यसलाई सबै स्मरण गर्नुपर्छ ।’ सञ्चारकर्मीले तपाईलाई प्रधानमन्त्रीको लागि प्रतिबद्धता ब्यक्त गरेर सुशील कोइराला नै सभापतिको उम्मेदवार बन्ने सम्भावनाको विषयमा सोधेको प्रश्नमा पौडेलले अहिले ब्यक्तिको भन्दा पनि नेपाली काग्रेसको समग्र ब्यवस्थापनको कुरा भएको दावी गर्दै भने,‘मलाई चित्त बुझाएर मात्रै हुँदैन । भागबण्डाको अन्त्य गरेर पार्टीमा मुल्याङकनको पद्धतिको विकास गर्नु पर्छ ।’ प्रधानमन्त्रीको निर्वाचन जस्तै ढिला उम्मेवारी घोषणा गर्दा कतै सभापति पनि फुत्किने हो कि भन्ने जिज्ञासामा पौडेलले ‘समयमा डिसिजन गर्न नसक्दा अप्ठ्यारो पर्न सक्ने’ भन्दै चिन्ता ब्यक्त गरे । पौडेलले बर्तमान सरकार प्रति आफ्नो धेरै टिप्पणी नभएको भन्दै काग्रेसलाई अहिले सरकारको हतारो नभएको स्पष्ट पारे । उनले भने,‘ भर्खरै सरकार बनेको छ, एक सय दिन पनि नपुगी अहिले आलोचन गर्ने पक्षमा छुईन । हामी वाच गर्ने र बार्निङ्ग दिने काम गरिरहेका छौ । सरकारले गल्ती करेक्सन नरे आफैलाई समस्या पर्न सक्छ । सरकारको सुरुवाती काम राम्रो देखिएको छैन । भारतसँगको समस्या समाधान गर्न कुटनीतिक सक्रियता देखाउन सकेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप