मधेसका जायज माग पूरा गर्नुपर्ने
काठमाडौं– तराई बन्द, हडताल र नाकाबन्दीका कारण जनताको दैनिकीमा चरम समस्या भएको भन्दै तराई केन्द्रित दलले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।
मिसन सिन्धुली राष्ट्रिय मोर्चा नेपालले सोमबार पत्रकार सम्मेलन गरी नागरिकता छानबिन आयोग गठन गर्न, भारतसँगको सीमा व्यवस्थापन गर्न र अतिक्रमित भू–भाग फिर्ता गराउन पहल गर्नुपर्नेसमेत माग गरेको छ ।
कार्यक्रममा पूर्व सभासद् सूर्यबहादुर सेन ओलीले मिसन सिन्धुली राष्ट्रिय मोर्चाले उठाएका माग सम्बोधन गरे मुलुक स्वाधीन र आत्मनिर्भर हुने बताए ।
ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपालले नेपालमा संविधान जारी भएलगत्तै भारतले नियतबस नै नेपालमा नाकाबन्दी गरेको भन्दै त्यसको विरुद्धमा सम्पूर्ण युवा एकजुट हुनुपर्नेमा जोड दिए ।
कलाकार श्रीकृष्ण सिंखडाले मुलुकले नयाँ संविधान पाइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण