मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यमनको अल कायदाले साउदी अरेबियासँग बदला लिने

मङ्गलबार, २८ पुस २०७२, ०९ : १७
मङ्गलबार, २८ पुस २०७२

साना–साउदी अरेबियाको सरकारले हालैमात्र दिएको मृत्युदण्डको विषयलाई लिएर यमनमा रहेको अल कायदाको समूहले साउदी अरेबियासँग बदला लिने जनाएको छ ।

हालै सार्वजनिक गरिएको अल कायदाको नामको भिडियो टेपमा सो चेतावनी दिइएको जनाइएको छ ।

सोही मृत्युदण्डको कारण पछिल्लो समयमा साउदी अरेबिया र इरानको पनि कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ ।

यसै समयमा यमनमा रहेको भनिएको अल कायदाको शाखाले सो चेतावानी दिएको हो । उसले ती सुन्नी समुदायका नागरिकको हत्याको योजना अमेरिकी नेतृत्वको कथित आतङ्कवादविरोधी अभियानको सहयोगीका रुपमा आएको पनि सो भिडियोमा जनाइएको छ ।

यस मृत्युदण्डपछि साउदी अरेबियाको इरानमा रहेको कुटनीतिक नियोगमाथ हमला भएको थियो । त्यसपछि साउदी अरेबियाले इरानसँग पनि एकपक्षीय रुपमा कूटनीतिक सम्बन्धको अन्त्यको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप