मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पिपिआर रोग प्रभावित क्षेत्रमा भेक्सिनसहितको टोली परिचालन

मङ्गलबार, २८ पुस २०७२, ०९ : ३३
मङ्गलबार, २८ पुस २०७२

जाजरकोट– यहाँ पिपिआर रोगको महामारीबाट धमाधम भेडाबाख्राहरु मर्न थालेपछि औषधीसहितको टोली परिचालन गरिएको छ । जिल्लाको बारेकोट क्षेत्रका रामीडाडाँ, रोकायगाउँ, सक्ला र नायकवाडा गाविसमा औषधीसहितको स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमूख गुरुप्रसाद खकुरालले जानकारी दिए । मंगलवार बिहानै रोग प्रभावित क्षेत्रमा लिम्सा सेवा केन्द्र प्रमूख चक्रवहादुर सिंहको नेतृत्वमा १७ हजार पीपीआर रोगको भेक्सिनसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । त्यस्तै १० हजार भेक्सिन खगेनकोट, लहँ, डाडाँगाउँका लागि सेवा केन्द्र गर्खाकोटका लागि ८ हजार भेक्सिन, खलंगा सेवा केन्द्रमा ५ हजार भेक्सिन, ७ हजार सेवा केन्द्र झार्पा लागि भेक्सिनसहित स्वास्थ्यकर्मीको टोली मंगलवार नै पठाएको छ । ३ महिना पाठा भित्रका पाठापाठीलाई र गर्भवती बाख्रालाई पिपिआर रोगको भेक्सिन नलगाउन जिल्ला पशुसेवा कार्यालयले आग्रह गरेको छ । भेक्सिनसहितको टोली परिचालन गरिएकोले आफ्ना बाख्राहरु छिटो पिपिआरको भेक्सिन लगाउन कार्यालयले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप