फर्किए लोकमान सिंह कार्की, भने ‘आईदिनुभयो धन्यवाद दुख पाउनुभयो‘
बुधबार, ०३ कात्तिक २०७३, २० : ३७
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की स्वदेश फर्किएका छन् ।
क्यानडा भ्रमणमा रहेका प्रमुख आयुक्त कार्की बुधबार राती ८ बजे काठमाण्डौ आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा उत्रिए लगत्तै उल्लेख्य संख्यामा पत्रकार देखेपछि प्रमुख आयुक्त कार्कीले ‘आईदिनुभयो धन्यवाद दुख पाउनुभयो‘ भन्ने प्रतिक्रिया दिएका थिए ।
कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराउनकै लागि व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेकै दिन कार्की स्वदेश फर्किएका हुन् । निर्धारित तालिका भन्दा एक साता अघिको टिकट मिलाएर क्यानडा गएका कार्कीले त्यहीँ बसेर बिदा थप गरेको भन्दै सांसदहरुले सरकारसंग बिदा थपको औचित्य प्रष्ट्याउन माग गर्दै आएका थिए ।
प्रमुख आयुक्त कार्की असोज ३ गते क्यानडा गएका थिए । सर्वोच्च अदालतले अदालतमा हाजिर हुन आउन भनी मंगलबार मात्रै कार्कीको नाममा म्याद तामेलीको सुचना समेत टाँसेको छ । कार्कीको निवासमा सुचना टास्नका लागि उनका आफन्तले अवरोध गरेपछि सर्वोच्चले देखिने गरी छिमेकीको घरमा टासेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण