नयाँ दिल्लीमा जारी आर्ट फेयरमा नेपालका सात चित्रकारका चित्र समावेश
काठमाडौं– भारतको नयाँदिल्लीमा भइरहेको १०औँ इण्डिया आर्ट फेयरमा नेपालका सात चित्रकलाकारका चित्र समावेश भएका छन् । नेपाल कला परिषद्का उपाध्यक्ष सागरशम्शेर राणा र कला निरीक्षक स्वस्ति राजभण्डारीले संयोजन गरेको सो मेलामा नेपालका जीवन राजोपाध्याय, चिराग बाङ्देल, सुजन डङ्गोल, रवीन्द्र श्रेष्ठ, मेख लिम्बू, सविता डङ्गोल र सुनिता महर्जनका चित्र राखिएका हुन् ।
यही माघ २६ देखि २९ गतेसम्म ओख्ला इण्ड्रष्ट्रियल ग्राउण्ड, नयाँदिल्लीमा भएको मेलामा यो नेपालको तेस्रो सहभागिता हो । सन् २००८ देखि शुरु भएको यस्तो मेला चित्रकलामा दक्षिण एशियाकै ठूलो मेला मानिन्छ । राजोपाध्यायको अशीर्षक, बाङ्देलको ‘गीत गोविन्द’, सुजनको ‘तीन पुस्ता’, महर्जनको ‘मार्फाका गह्रा’ शीर्षकलगायत चित्र प्रदर्शनीमा राखिएका छन् ।
राजोपाध्यायको लयात्मक रुपमा अमूर्तता, बाङ्देलको कृष्णलीला, सुजनको राष्ट्रिय एकता र सामाजिक समता, महर्जनको वर्गीकृत भूदृश्य र लिम्बूको कलामा बसाइँसराइ र आन्तरिक विस्थापनका विषय भेटिन्छ ।
परिषद्का उपाध्यक्ष राणाले सात जना कलाकारका चित्रले समसामयिक नेपाली कलाको प्रतिनिधित्व गर्दै वर्तमान नेपाली समाज, मानिसहरुको भावनात्मक सङ्घर्ष, आध्यात्मिक र मानवीय सम्बन्ध आदि प्रस्तुत गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै