केपी भन्छन्, नेपालको जलविद्युत क्षमता ८२ हजार ९ सय ८० मेगावाट छ
सोमबार, २९ माघ २०७४, ०६ : ४८
काठमाडौं - नेपालमा जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको खबर आजको कारोबारमा छ ।
जल तथा उर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर रहेको देखाएको हो ।
५० बर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता भएको उल्लेख गरेका थिए ।
आयोग सचिवालयले परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटलाई उत्पादन क्षमता अध्ययनको जिम्मा दिएको थियो ।
कम्पनीले ५ हजार मिटरभन्दा तल र चुरे क्षेत्रभन्दा माथिका १३ नदी बेसिनमा गरेको अध्ययनले ८२ हजार ९ सय ८० मेगावाट उत्पादन क्षमता देखाएको टोली प्रमुख केपी दुलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँले कर्णाली र लुम्बिनीले विराटनगरसँग प्रतिस्पर्धा गर्दै
-
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
-
धरहरामा कति छन् निर्माण हुन बाँकी संरचना ?
-
चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार
-
घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
-
बढ्यो जाडो, कस्तो रहला मौसम ?