शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता

सोमबार, १८ पुस २०७९, १८ : १०
सोमबार, १८ पुस २०७९

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग सोमबार इस्लामाबादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप