बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाह चयन

बुधबार, २० पुस २०७९, १४ : ४८
बुधबार, २० पुस २०७९

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल  बहादुर शाहसर्वसम्मती रूपमा चयन भएका छन् । बुधबार प्रदेश संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । 

उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा रहेका छन् । यसअघि सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । ५ सदस्यीय निर्वाचन समितिले आजै निर्वाचन गर्ने तयारी गरेको थियो । तर अन्तमा कांग्रेस सुदूरपश्चिम प्रदेशले सर्वसम्मति दलको नेता चयन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप