बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

मुख्यमन्त्री बन्न खगराज भट्टको दौडधुप

बिहीबार, २१ पुस २०७९, २२ : ४३
बिहीबार, २१ पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट मुख्यमन्त्री पदको लबिङ गर्न काठमाडौं आइपुगेका छन् । पार्टीको तर्फबाट आफू सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुपर्ने भन्दै भट्ट राजनीतिक भेटघाटमा व्यस्त भएका हुन् । 

सोही क्रममा बिहीबार भट्टले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बालुवाटार पुगेर भेटेका छन्। भेटमा प्रचण्डले बहुमत जुटाउन सकिएमा माओवादीले मुख्यमन्त्री लिने अवस्था बन्न सक्ने बताएका थिए । ‘प्रदेशको मुख्यमन्त्री तपाईं (खगराज)लाई भनिएको हो । गठबन्धनबाट बहुमत पुर्‍याएर मुख्यमन्त्री लिन गाह्रो छ,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै एक सांसदले भने, ‘सबै पार्टीबाट बहुमत जुटाउन सकिएमा माओवादीले मुख्यमन्त्री लिने अवस्था बन्न सक्छ ।’ 

माओवादीले सजिलै मुख्ममन्त्री लिने अवस्था भइनसकेपनि आफूले पहल गर्ने प्रचण्डले बताएको बताइएको छ । यसअघि खगराजले एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाईसमेत भेटेर सहयोग मागेका थिए । 

यस्तै एमालेका अन्य नेता र नागरिक उन्मुक्ति पार्टीका नेताहरु समेत काठमाडौं आइपुगेका छन् । प्रदेश  प्रमुख देवराज जोशीले हप्ता दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न आह्वान गरेसँगै नेताहरुको दौडधुप बढेको हो ।  बुधबार प्रदेश प्रमुख जोशीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप