ब्राजिलको संसदमा घुसे बोलसोनारोका समर्थक, दुई सय जना पक्राउ
दक्षिणपन्थी नेता जैर बोल्सोनारोका हजारौं समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन् । मानिसहरुले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन् ।
ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए । केही व्यक्तिहरू स्पिकरको मञ्चमा चढेर प्रदर्शन गरिरहेका देखिए ।
केही प्रदर्शनकारीहरू संसदको छतमा चढेर झ्यालका सिसा फुटाइदिएका थिए ।
भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो ।
राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासीवादी आक्रमण’ भनेका छन् ।
ब्राजिलमा आइतवार भएको हिंसापछि जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ । त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै ठूला व्यक्तित्वले यो हिंसाको निन्दा गरेका छन् ।
I condemn the assault on democracy and on the peaceful transfer of power in Brazil. Brazil’s democratic institutions have our full support and the will of the Brazilian people must not be undermined. I look forward to continuing to work with @LulaOficial.
— President Biden (@POTUS) January 8, 2023
गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन् ।
यसअघि लुला दा सिल्भाले ट्विट गर्दै भनेका थिए, ‘हामी सरकार गठनमा व्यस्त छौं र आइतवार उनीहरूले हाम्रो मौनताको फाइदा उठाए र तपाईंहरुलाई त थाहा नै छ कि पूर्व राष्ट्रपतिका थुप्रै भाषण यस्तो गर्नका लागि उक्साउँछ । यो उनको पार्टी र उनको जिम्मेवारी हो ।’
देशका न्याय मन्त्री फ्लाभियो डिनोले स्थानीय मिडियालाई अहिलेसम्म २०० जनालाई पक्राउ गरिएको जानकारी दिए ।
Aproveitaram o silêncio do domingo, quando ainda estamos montando o governo, para fazer o que fizeram. E vocês sabem que existem vários discursos do ex-presidente estimulando isso. E isso também é responsabilidade dele e dos partidos que sustentaram ele.
— Lula (@LulaOficial) January 8, 2023
बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गर्दै आएका छन् । उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएनन् ।
तर, ६७ वर्षीय बोल्सोनारोले जिम्मेवारीबाट टाढिँदै हिंसाको निन्दा गरेका छन् । बोल्सोनारो हाल अमेरिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई टिकटक लगायतका सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने तयारीमा त्रिवि
-
आयोजना बैंक कार्यान्वयन गर्न बागमतीमा अध्ययन समिति बनाइने
-
पत्रकार महासंघबारे पूर्वअध्यक्षहरूको चासो
-
चाडपर्वलाई ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै
-
‘विपक्षी दललाई हतोत्साहित बनाउन उपसभामुखलाई हटाउन खोजियो’
-
ओलीसँग संवाद गर्न बालुवाटार पुगे रवि लामिछाने